×
४० अंकले घट्यो नेप्से , यी कम्पनीका लगानीकर्ता भने मालामाल



साताको पहिलो दिन सेयर बजार राताम्मै भएको छ ।

नेप्से परिसूचक ४०.५७  अंकले घटेर २८३६ दशमलव १७ बिन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घटे पनि सेयर बजारमा पाँच अर्ब ८० करोडको कारोबार भएको छ । आइतबार एक करोड ६५ हजार सेयर किनबेच भएको छ ।

बैंकिङ, ट्रेडिङ, विकास बैंक, हाइड्रो पावर समूह धेरै घटेको छ ।  खरिदबिक्री रकम पनि औसतमा रहेको छ । ५ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ५४ करोड ४९ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र अपि पावर परेका छन् ।

Screenshot 2022 02 06 152223 ४० अंकले घट्यो नेप्से , यी कम्पनीका लगानीकर्ता भने मालामाल

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै लाईफ इन्स्योरेनस समूह घटेको छ ।

आज नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य आज ८.०८ प्रतिशतले बढेर ५ सय ७५ रूपैयाँ पुगेको छ । दिनै भरिमा २२८ कम्पनीको शेयर किनबेच भएकोमा १३ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबैको शेयर मूल्य घटेको छ ।

Screenshot 2022 02 06 152240 ४० अंकले घट्यो नेप्से , यी कम्पनीका लगानीकर्ता भने मालामाल

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस