×
Lagani
Lagani Shiksha gif
काेराेला नाकामै राेकिए सयौं इभी



‎काठमाडौं, २८ असाेज । गत असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी–जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५०० बढी विद्युतीय सवारी (इभी) नेपाल भित्रिएको छ।

‎ यसरी कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी भने गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमा राखिएका छन् ।

Lagani Shiksha gif
sharehubapk काेराेला नाकामै राेकिए सयौं इभी

‎

‎शुक्रबार साँझदेखि सडक सञ्चालन भए पनि सडक सहज नभएकाले कोरलानाकाबाट नेपाल भित्रिएका विद्यतीय सवारीसाधनहरु अझै गन्तव्यतर्फ प्रस्थान गर्न सकेका छैनन्। उक्त सडक पूर्ण रूपमा सहज नभएको जनाउँदै सम्बन्धित प्रतिनिधिहरूले गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमै रोकिन पुगेको हो।

‎

‎नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका अनुसार कोरलानाकाको खुला पठार र न्हेचुङस्थित मुस्ताङ भन्सार यार्डमा करिब दुई हजार बढी विद्युतीय सवारी पार्किङ गरी राखिएको छ।

‎

‎कोरलास्थित बिओपीका इन्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार कोरलानाकाको दशगजा क्षेत्रमा विभिन्न कम्पनीका दुई हजार बढी र भन्सार यार्डमा २०० बढी विद्युतीय गाडी पार्किङमा रहेको जानकारी दिए ।

‎

‎त्यसैगरी कोरलानाबाट भन्सार जाँचपास गरी जोमसोम झारिएका करिब पाँच सय बढी विद्युतीय सवारी जोमसोमका दुई पार्किङस्थलमा व्यवस्थापन गरिएको छ ।

‎ अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालन भए पनि सडकको अवस्था अझै नाजुक रहेकाले जोमसोम झरेका विद्युतीय सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्न नसकेको बिवाईडी कम्पनीको खरिदकर्ता साइमेन्स इङ्कका प्रतिनिधि दीपक बुढाथोकीले जानकारी दिए। उनका अनुसार भारी वर्षाले सडक अवरुद्ध भएयता कोरलानाकाबाट भित्रिएका बिवाइडी कम्पनीका विभिन्न मोडलका २००० बढी गाडी मुस्ताङमा रोकिएको बताए।

‎

‎कम्पनीबाट कोरलानाकाबाट भित्रिएका विद्युती गाडी गन्तव्यतर्फ छुटाउन आएका उनले साना गाडीलाई गन्तव्यमा पठाउन अझै समस्या भएकाले जोमसोममै राखिएको उनको भनाइ छ। जोमसोम बसपार्क र भन्सार कार्यालयको जोमसोममा रहेको पार्किङस्थलमा भित्रिएका गाडीहरु थन्क्याइएको उनले उल्लेख गरे।

‎

‎असोज ११ गतेअघि बिवाइडी कम्पनीका गाडी करिब ४५० जति गन्तव्यमा पठाइएको भए पनि त्यसपछि भित्रिएका गाडी बेनी–जोमसोम सडक असहजताले गर्दा गन्तव्यमा पठाउन समस्या भएको उनले जानकारी दिए । साइमेक्स इङ्कले रसुवा र तातोपानी नाका बन्द भएपछि करिब तीन हजार बढी विद्युतीय गाडी कोरलानाकाबाट भित्र्याउने योजना रहेको उनको भनाइ छ ।

‎

‎प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सोमबारसम्म कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका ६०० बढी कन्टेनर जिल्लाबाट गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् । यसैगरी जिल्लामा रोकिएका कन्टेनरहरु बाहिरिएसगै कोरलानाकामा मालवस्तु ढुवानी गर्न केही खाली कन्टेनर उकालो लागेको उनले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस