नेपाली सेनाको एआई-१७ हेलिकप्टर एक आपतकालीन मेडिकल रेस्क्यु टिम (ईएमआरटी) लिएर काठमाडौंबाट रसुवाको बाढी प्रभावित क्षेत्रतर्फ उडेको छ।
यो टोली जिल्ला अस्पताल त्रिशूलीमा पुगेर तत्काल स्वास्थ्य सेवा प्रदान गर्नेछ। यसका अतिरिक्त, धुन्चे र त्रिशूलीबाट पनि उद्धार टोलीहरू बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएका छन्। उनीहरूले जोखिममा परेका नागरिकहरूको खोजी तथा उद्धार कार्यमा सहयोग पुर्याउनेछन्। सेनाले विपद्को घडीमा नागरिकहरूको सुरक्षा र जीवन रक्षाका लागि विशेष ध्यान दिएको छ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted














