×
Lagani
Lagani Shiksha gif
मतदाता नामावलीमा नाम ठेगाना गलत छ ? अनलाइनबाटै सच्याउन सकिने



निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन तथा विवरण अद्यावधिक गर्न मतदातालाई आग्रह गरेको छ। आयोगले नामावलीलाई थप शुद्ध, अद्यावधिक र विश्वसनीय बनाउने उद्देश्यले असोज १ गते आफ्नो वेबसाइटमार्फत मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ।

प्रकाशित नामावलीमा आफ्नो नाम, थर, उमेर, ठेगाना लगायतका व्यक्तिगत विवरण फरक वा गलत देखिएमा सम्बन्धित मतदाताले सच्याउन निवेदन दिन सक्नेछन्।

Lagani Shiksha gif
sharehubapk मतदाता नामावलीमा नाम ठेगाना गलत छ ? अनलाइनबाटै सच्याउन सकिने

त्यस्तै, कसैले गलत विवरणका आधारमा नाम दर्ता गराएको पाइएमा, एउटै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए वा अन्य कुनै त्रुटि देखिएमा पनि त्यसबारे आयोगलाई जानकारी गराउन सकिनेछ। एकभन्दा बढी स्थानमा नाम रहेको अवस्थामा मतदाताले एउटा स्थानमा मात्रै नाम कायम गर्न आवश्यक प्रक्रिया पूरा गर्न सक्ने आयोगले जनाएको छ।

बसाइँसराइ वा विवाहका कारण स्थायी ठेगाना परिवर्तन भएका मतदाताले पनि नयाँ ठेगानाअनुसार आफ्नो विवरण अद्यावधिक गर्न सक्नेछन्।

अनलाइनबाट कसरी दिने निवेदन ?

मतदाता नामावलीसम्बन्धी विवरण सच्याउन वा अद्यावधिक गर्न निर्वाचन आयोगको अनलाइन प्रणाली applyvr.election.gov.np मार्फत निवेदन दिन सकिन्छ। अनलाइन आवेदन दिन असहज हुने मतदाताले सम्बन्धित निर्वाचन कार्यालयमा पुगेर पनि आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन्।

आयोगले मतदाता नामावलीको शुद्धता निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतासँग प्रत्यक्ष जोडिएको उल्लेख गरेको छ। त्यसैले नामावलीमा देखिएका त्रुटि, दोहोरो नाम वा अन्य गलत विवरण समयमै सच्याउन आयोगले सबै मतदातासँग सहयोगको अपिल गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस