×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्कासन गर्दै सुपर मादी हाईड्रोपावर विक्री प्रवन्धकमा प्रभु क्यापिटल



सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ।

उक्त कार्यको लागि कम्पनीले शेयर निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले प्रभु क्यापिटललाई आइतवार नियुक्त गरेको हो । सम्झौतामा कम्पनीकातर्फबाट कार्यकारी पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटलकातर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

Lagani Shiksha gif

कम्पनीले सर्वसाधारणलाई ३१ लख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो।  कम्पनीले सम्पूर्ण प्रक्रिया पुरा गरेर धितोपत्र बोर्डमा आईपीओ निष्कासनको लागि आवेदन दिने छ।

कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताकोे जलविद्युत् आयोजना निर्माण गरीरहेको छ । हालसम्म कम्पनीको ८० प्रतिशत भौतिक कार्य सम्पन्न गरेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरिसकेको छ ।

स्वीकृति पश्चात नेपाल धितोपत्र बोर्डमा शेयर निष्काशनको अनुमतीको लागि निवेदन पेश गर्ने कम्पनीका कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगानाले जानकारी गराए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस