×
Lagani
Lagani Shiksha gif
माछापुच्छ्रे बैंकको ATM मा अब कार्ड बिनानै पैसा झिक्न सकिने , यस्तो छ तरिका



माछापुच्छ्रे बैंकले एमबिएल ‘कार्डलेस विथड्रल’ सेवा सञ्चालनमा ल्याएको छ ।

यो संगै बैंकको एटीएमबाट पैसा झिक्नका लागि डेबिट कार्ड नचाहिने भएको छ । माछापुच्छ्रे बैकले डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले एमबीएल कार्डलेस विथड्रल सेवा बैंकले सञ्चालनमा ल्याएको हो ।

Lagani Shiksha gif
sharehubapk माछापुच्छ्रे बैंकको ATM मा अब कार्ड बिनानै पैसा झिक्न सकिने , यस्तो छ तरिका

यो सेवामा हाल डेबिट कार्ड प्रयोग गरी एटिएमबाट रकम झिक्दै आएका माछापुच्छ्रे बैंकका ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस विथड्रल अप्सन गई बैंकको एटिएमहरुबाट नगद झिक्न सक्नेछन् ।

यसका लागि माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एपमा ‘कार्डलेस विथड्रल’ (कार्डबिना नै पैसा झिक्न मिल्ने) अप्सनमा क्लिक गर्नुपर्नेछ ।यसपछि प्राप्त ओटीपी कोड एटीएममा राखेर पैसा झिक्न सकिनेछ । यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस