×
Lagani
Lagani Shiksha gif
आजदेखि खुल्यो सिटि होटलको आईपियो , कति दिने आवेदन ?



सिटि होटल लिमिटेडले आजदेखि पहिलो चरणको आईपियो निष्कासन गरेको छ।

कम्पनीले पहिलो चरणमा १ लाख ६७ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको हो । उक्त सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आगामी चैत २१ गतेदेखि २०८० वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन।

Lagani Shiksha gif
sharehubapk आजदेखि खुल्यो सिटि होटलको आईपियो , कति दिने आवेदन ?

त्यस्तै कम्पनीले दोश्रो चरणमा वैशाख २५ गतेदेखि २८ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि १३ लाख ५५ हजार ९४० कित्ता आईपियो निष्कासन गर्न लागेको छ। उक्त समय भित्र आवेदन नपरेमा जेठ ८ गतेसम्म निष्कासन लम्बिनेछ। कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले उक्त कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस