×
Lagani
Lagani Shiksha gif
मोदी ईनर्जीको आईपीओ बाँडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा।



मोदी ईनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले फागुन २५ गतेदेखि चैत ९ गतेसम्म ४ लाख ३५ हजार कित्ता  आईपीओ विक्री गरेको थियो । उक्त आईपीओ  चैत १७ गते बाँडफाँट गरिएको हो ।

Lagani Shiksha gif
sharehubapk मोदी ईनर्जीको आईपीओ बाँडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा।

कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २९ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीयमा विक्री गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा फागुन २५ गतेदेखि चैत १६ गतेसम्म आईपीओ विक्री गरेको हो ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोथेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि नेप्से बजारको साइटमा जानुहोला।
२) साइटमा जान  यहा क्लिक गर्नुहोला।  
३) लिंक खोलेपछि नतिजा हेर्नको लागि कम्पनि छान्नुहोला
४) त्यसपछि आफ्नो डिम्याट नम्बर हानेर नतिजा हेर्नु होला।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस