×
Lagani
Lagani Shiksha gif
मर्जरपछि कुमारी बैंक र सानिमा जिआइसी इन्स्योरेन्समा खरीदकर्ताको आकर्षण , सर्किट लेभलमा कारोबार !



नेप्सेमा सानिमा जिआइसी इन्स्योरेन्स कम्पनी र कुमारी बैंकको कारोबार खुला भएको छ।

यी दुइ कम्पनीको मर्जरपछिको नेप्सेमा आज पहिलो कारोबार भएको हो। आज कारोबार सुरु भएको कम्पनीको शेयरमा खरीदकर्ताको आकर्षण देखिएको छ। नेपाल क्रेटिड एण्ड कर्मश बैंक र कुमारी बैंक मर्ज भएपश्चात सोमवारदेखि कुमारी बैंकको नामबाट नेप्सेमा शेयर कारोबार खुला भएको हो भने सानिमा इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको मर्जरपश्चात सोमवारदेखि सानिमा जिआइसीको नामबाट शेयर कारोबार खुलेको हो ।

Lagani Shiksha gif
sharehubapk मर्जरपछि कुमारी बैंक र सानिमा जिआइसी इन्स्योरेन्समा खरीदकर्ताको आकर्षण , सर्किट लेभलमा कारोबार !

शेयर कारोबार खुलोको पहिलो दिन नैकुमारी  बैंकको शेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । समचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य ९ दशमलव ६२  प्रतिशत वृद्धि भएर रू. २०७ दशमलव ८० पुगेको छ ।

यस्तै सानिमा जिआइसीको सेयरमा पनि लगानीकर्ताको आकर्षण देखिंदा शेयर मूल्यमा सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. ४०४ दशमलव २० पुगेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस