×
Lagani
Lagani Shiksha gif
माया खोला हाईड्रोपावरको आईपियो बाँडफाँट , यसरि हेर्नुहोस नतिजा।



माया खोला हाईड्रोपावरको वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको लागि निष्काशन गरेको आईपियो बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका ३० कित्ता भन्दा कम आवेदन दिनेहरुलाई माग बमोजिम बाँडफाँट गर्दा २४ हजार ३३० कित्ता बाकि रहेको हुदा ३० कित्ता भन्दा बढी माग गर्ने आवेदन लाई ४० कित्ताको दरले बाँडफाँट गरिएको छ।  प्रतिकित्ता १०० रूपैयाँ अंकित दरको २ लाख ४० हजार कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि मंसिर २३ गतेदेखि पाैष ८ गतेसम्म बिक्री गरिएकाे थियाे ।

कम्पनीले उक्त शेयरका लागि मंसिर २३ गते देखि मिति पुस ८ गते सम्म आवेदन खुल्ला गरेकोमा ८ हजार ८०७ जना आवेदकहरुबाट ७ लाख ७४ हजार २३० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

जसमा विभिन्न कारणबाट ५४८ जना आवेदकहरुबाट प्राप्त ४७ हजार ३६० कित्ता शेयरको लागि आवेदन रद्द भएको हुदा बाँकी रहेको ८ हजार २५९ जना आवेदकहरुको ७ लाख २६ हजार ८७० कित्ता शेयरको लागि आवेदन प्राप्त भएकोमा निष्काशन तथा बिक्री प्रबन्धकबाट आवेदन रुजु गर्दा १ जना आवेदकले दुई वटा हितग्राही खाताबाट ३० कित्ता शेयरको लागि आवेदन गरेकोले सोलाई रद्द गरी बाँकी हुन आएको ८ हजार २५७ जना आवेदकहरुबाट प्राप्त ७ लाख २६ हजार ८४० कित्ता शेयरको आवेदन प्राप्त भएको थियो ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस