असार महीनादेखि शुक्रवार पनि शेयर बजार खुला हुने भएको छ ।।
प्रत्येक दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कारोबार हुने सेयर बजार आज शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र खुला हुनेछ । नेप्सेको जेठ २५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार असार १ गतेबाट आइतवारदेखि बिहीवारसम्म ११ बजेदेखि ३ बजेसम्म र शुक्रवार ११ बजेदेखि १ बजेसम्म बजार खुल्ने निर्णय भएको जानकारी गराएको छ ।
सरकारले गत १ जेठेदेखि शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदा नेप्से कारोबार भने पाँच दिन मात्र भएको थियो । आइतबारको बिदा कटौती गरेसँगै अब ६ दिन नै सेयर कारोबार गर्ने तयारी रहेको नेप्सेले जनाएको छ ।
तर, सार्वजनिक बिदाको दिन र शनिवार भने नेप्से बन्द रहनेछ ।

प्रतिक्रिया
















aba nepse lai 10 baje dekhi kholnu paryo
यदि तपाइलाई जानकारी छैन भने नेप्से १०:३० देखि १०:४५ सम्म नि खल्ने गरेको जानकारी गराउन चाहन्छौ । उक्त समय लाइ प्रिओपन सेसन भन्ने गरिन्छ। धन्यवाद।