निरन्तर ओरालो लागेको नेप्से बुधबार भने वाउन्स ब्याक भएको छ । लामो समयसम्म करेक्सनको बाटो समाएको बजारले विस्तारै गति लिने संकेतहरु देखिएका छन् ।
आज नेप्से परिसुचक ५० अंकले बढेर समग्र बजार २६६५ विन्दुमा पुगेको छ ।आज ५ अर्व २८ करोड हाराहारीमा कारोबार भएको छ । कारोबार भएका मध्य १७३ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ११ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ ।
यस दिन २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर कारोबार भएको छ । खरिदबिक्री रकममा २२ करोड ६७ लाख रुपैयाँभन्दा बढीसहित अपि पावर अग्रस्थानमा रहेको छ ।दुई कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा अपि पावरको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ ।
आज वीमा समूहको उपसूचक सबै भन्दा धेरैले बढेको छ भने मेघा बैकको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















