×
Nepse Bajar Messenger Channel
प्रभु बैंकले आज देखि ४ अर्बको ऋणपत्र बिक्रि खुला गर्दै



प्रभु बैंकले आज देखि १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री खुला गर्ने भएको छ ।

दश वर्ष अवधि तथा वार्षिक ८.५ प्रतिशत व्याजदर भएको प्रतिऋणपत्र रु.१,००० अंकित मूल्यको ४०,००,००० कित्ता ऋणपत्र बिक्रि गर्न लागेको हो। बैंकले कुल ४ अर्बको ऋणपत्र बिक्रि खुला गर्ने भएको छ ।

कुल कित्तामध्ये कम्पनीले १६ लाख सामूहिक लगानीकोष सहित सर्वसाधारणमा विक्री गर्नेछ भने २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्येबाट २ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गर्न लागेको हो ।

Prospectus-of-Prabhu-bank-Debenture-Final-_updated-of-sebon-last-commt-

यस बैंकलाई ICRA NEPAL LIMITED ले Moderate Credit Risk जनाउने “[ICRANP -IR] BBB ” (pronounced ICRA NP Issuer Rating TripleB ) ग्रेडिङ्ग मिति २०२०/०७/०७ मा प्रदान गरेको छ र सो रेटिङ्ग मिति २०२१/०७/०६ सम्म वैध रहनेछ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमानै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षित तथा मध्यम कर्जा जोखिम रहने संस्थाको रुपमा लिइन्छ ।

‘प्रभु बैंक डिबेञ्चर २०८७’ नामको यो ऋणपत्र माग बमोजिम आवेदन परेमा छिटोमा जेठ १६ गते बिक्रि बन्द हुने छ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २६ गते बिक्रि बन्द हुने छ।

यस ऋणपत्रमा रु.५,००,००० सम्मको लागि आवेदन दिने आवेदकले स्वेच्छिक रुपमा र सोभन्दा बढी रकमकोलागि आवेदन दिने आवेदकले अनिवार्य रुपमा आवेदनमा आफ्नो स्थायी लेखा नम्बर खुलाउनुपर्नेछ । यस अतिरिक्त रु. ५,००,००० वा सोभन्दा बढी रकम आवेदन दिने आवेदकहरुले आफूले आवेदन दिँदा जम्मा गरेको रकम सम्पत्ति शुद्धीकरण ऐनको बर्खिलाप हुने गरी आर्जन नगरेको भनी उद्घोषण गर्नुपर्नेछ ।

यस ऋणपत्रमा लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन मार्फत आवेदन दिन सक्ने छन् ।

प्रति ऋणपत्र रू. १ हजार दरको यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ऋणपत्र खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।

संस्था कुन ऐन अन्तर्गत स्थापित भएको सो कुरा: 
यस बैंक कम्पनी ऐन, २०६३ एवं बंैक तथा वित्तीय संस्था ऐन, २०७३ (तत्कालीन बंैक तथा वित्तीय सस्था ऐन, २०६३) अन्तर्गत स्थापना भएको हो । साबिक किष्ट बैंक लिमिटेड, प्रभु विकास बैंक लिमिटेड, गौरीशंकर डेभलपमेण्ट बैंक लिमिटेड र जेनिथ फाइनान्स लिमिटेड आपसमा गाभिएर बनेको प्रभु बैंक लिमिटेडले मिति २०७१ भाद्र ३० गतेबाट प्रभु बैंक लिमिटेडको नाममा वित्तीय कारोवार गर्दै आएको छ । त्यस पश्चात नेपाल विकास बैक लि.लाई एक्विजिसन गर्दै साविक ग्राण्ड बैंक लि. लाई मिति २०७२ माघ १५ गते यस संस्थामा गाभि हाल सम्ममा २१२ वटा शाखा विस्तार, ५६ काउन्टर कार्यलय र २०१ ए.टि.एम.संचालनमा ल्याई वित्तीय कारोवार गर्दै आएको छ ।

पूँजी संरचना सम्बन्धी जानकारी : 
अधिकृत पूँजी : बैंकको अधिकृत पूँजी रु.१०,३१,५५,०६,६३५ (अक्षरेपी दश अर्ब एकत्तिस करोड पचपन्न लाख छ हजार छ सय पैतिस रुपैया मात्र) रहेको छ । जसलाई प्रति शेयर रु. १०० अङ्कित मूल्यका १०,३१,५५,०६६ (दश करोड एकत्तिस लाख पचपन्न हजार छैसठ्ठी ) कित्ता साधारण शेयरहरुमा विभाजन गरिएको छ ।

जारी पूँजी:  बैंकको जारी पूँजी रु.१०,३१,५५,०६,६३५(अक्षरेपी दश अर्ब एकत्तिस करोड पचपन्न लाख छ हजार छ सय पैतिस रुपैया मात्र) रहेको छ । जसलाई प्रति शेयर रु. १००अङ्कित मूल्यका १०,३१,५५,०६६ (दश करोड एकत्तिस लाख पचपन्न हजार छैसठ्ठी ) कित्ता साधारण शेयरहरुमा विभाजन गरिएको छ ।

चुक्ता पूँजी:  हाल बैंकको चुक्ता पूँजी रु.१०,३१,५५,०६,६३५(अक्षरेपी दश अर्ब एकत्तिस करोड पचपन्न लाख छ हजार छ सय पैतिस रुपैया मात्र) रहेको छ । जसलाई प्रति शेयर रु. १०० अङ्कित मूल्यका १०,३१,५५,०६६ (दश करोड एकत्तिस लाख पचपन्न हजार छैसठ्ठी ) कित्ता साधारण शेयरहरुमा विभाजन गरिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस