×
Lagani
Lagani Shiksha gif
राष्ट्र उत्थानको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त , अब छिटै नेप्सेमा सूचीकरण हुने।



राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले  शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

भर्खरै आईपीओ निष्कासन गरि बाँडफाँड गरेको कम्पनीले शेयर व्यवस्थापनका लागि उक्त क्यापिटललाई नियुक्त गरेको हो ।

Lagani Shiksha gif
sharehubapk राष्ट्र उत्थानको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त , अब छिटै नेप्सेमा सूचीकरण हुने।

शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै कम्पनीको  धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेडमार्फत हुने भनि एक सुचना जारि गर्दै कम्पनीले जानकारी दिएकोे छ ।

कम्पनीले फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो।अन्तिम दिनसम्ममा २५ लाख ८५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए । जसमध्ये, ५ हजार ८ सय ५९ जनाकाे रद्द थिए । २५ लाख ७९ हजार ४ सय २ जना याेग्य थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७९ हजार ४ सय ५० जनाले १० कित्ता सेयर प्राप्त गरेका थिए ।

आईपीओ बाँडफाँड पश्चात लघुवित्तको चुक्ता पूँजी २६ करोड रुपैया रहेको छ। लघुवित्तले निष्काशन गरेको  कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो भने  सर्वसाधारणकालागि बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका सुरक्षित गरिएको थियो ।

rastra uthhan राष्ट्र उत्थानको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त , अब छिटै नेप्सेमा सूचीकरण हुने।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस