×
अब पैसाको आगो ताप्न मिल्ने , राष्ट्र बैंकले ल्यायो काम नलाग्ने नोटलाई गुइँठा बनाउने मेसीन।



नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोटहरु नष्ट गर्नका लागि अत्याधुनिक मेसिन ल्याएको छ ।

हालसम्म पुरानै शैलीमा नोट नष्ट गर्दै आएको नेपाल राष्ट्र बैंकले आधुनिक ‘डिस्ट्रक्शन’ मेशिन आवश्यक भएको औंल्याएको थियो । अब देखि  मेसिनले नोट नष्ट गर्नेछ । नेपाल राष्ट्र बैंकले काम नलाग्ने बैंक नोटलाई भट्टीमा नष्ट गर्दै आएकोमा अब धुल्याएर ब्रिकेट (गुइँठा) बनाउने भएको छ ।

ती नोटहरुबाट अब ब्रिकेट (गुइँठा) उत्पादन हुनेछ । यस्ता गुइँठाहरु आगो ताप्न प्रयोग गर्न सकनेछ । नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को विराटनगर कार्यालयमा सञ्चालनमा ल्याइएको छ ।

पछिल्लो समय काम नलाग्ने नोट बढी संकलन हुन थालेको केन्द्रीय बैंकले बताएको छ । नोट नष्ट गर्ने व्यवस्था संशोधन भएकाले पनि यस्ता नोट बढेको हो ।

चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा बीएसबीएस मेसिनको प्रयोगमार्फत स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने उद्देश्यले उक्त प्रणाली अवलम्बन गरिएको हो । सो अवसरमा गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा बीएसबीसको सुरुआत एउटा महत्वपूर्ण उपलब्धि रहेको धारणा राख्नुभयो ।

बीएसबीएसमार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको जानकारी उहाँले दिनुभयो । साथै बीएसबीएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारीसमेत गभर्नर अधिकारीले दिनुभयो । कार्यक्रममा मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले अयोग्य नोट धुल्याउन बैंकले अवलम्बन गरेको नीतिगत व्यवस्थाबारे चर्चा गर्दै बीएसबीएसको सञ्चालन प्रक्रियाबारे जानकारी दिनुभयो ।

सो अवसरमा कोष तथा लेखा नियन्त्रकको कार्यालय, मोरङका प्रमुख परशुराम नेपालले बीएसबीएसको प्रयोगले नोट धुल्याउने पद्धतिलाई आधुनिक बनाएको धारणा राख्नुभयो । नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका निर्देशक मीना पाण्डेको सभापतित्वमा ऊक्त कार्यत्रम सम्पन्न भएको थियो ।

बीएसबीएस मेसिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्र्याएर ब्रिकेट तयार गर्दछ । उक्त मेसिनमा दुई वटा खण्ड रहन्छन् । पहिलो खण्डले नोटलाई टुक्र्याउने कार्य गर्छ भने दोस्रो खण्डले टुक्र्याइएको नोटबाट ब्रिकेट तयार गर्छ । उक्त मेसिनमा एक पटकमा २०० केजीसम्म बैंक नोट राख्न सकिन्छ र मेसिनले प्रतिघण्टा १०० केजी नोटलाई टुक्र्याऊने क्षमता राख्छ ।

यस्तो टुक्राको औसत आकार ६*६ मि.मि. हुनेछ । यसरी टुत्र्याइएको नोटलाई प्रतिघण्टा २०० केजीको दरले प्रशोधन गरी ब्रिकेट तयार गर्न सकिन्छ । बीएसबीएस मेसिनलाई प्रतिवर्ष एक हजार घण्टासम्म सञ्चालन गर्न सकिनेछ । यस्तो ब्रिकेट ईंटाभट्टा, कागज कारखाना, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजनमा समेत उपयोगी हुने विश्वास राष्ट्र बैंकले लिएको छ ।

थापाथलीस्थित बैंकको निर्माणाधीन भवनसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा उक्त प्रणाली जडान गरी सञ्चालनमा ल्याउने बैंकको योजना छ । यी मेसिनहरू नेदरल्याण्डबाट आयात गरिएको हो । बीएसबीएसमार्फत नोट धुल्याउने पद्धतिलाई नीतिगत रूपमा व्यवस्थित गर्ने गरी नोट धुल्याउनेसम्बन्धी प्रचलित नियमावलीमा आवश्यक संशोधन गर्ने प्रक्रियासमेत अघि बढाइएको छ । यसरी सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) वातावरणीय दृष्टिले समेत उपयोगी हुने अपेक्षा राष्ट्र बैंकले राखेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस