×
Lagani
Lagani Shiksha gif
सात महिनामा एक अर्बभन्दा बढीको मास्क नेपाल भित्रियो



नेपालले पछिल्लो साता महिनामा विभिन्न देशबाट एक अर्बभन्दा बढीको फेस मास्क खरिद गरेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिना (साउनदेखि माघसम्म)को अवधिमा एक अर्ब एक करोड ९५ लाख ३१ हजार रुपैयाँको फेस मास्क नेपाल भित्रीएका छ ।

Lagani Shiksha gif
sharehubapk सात महिनामा एक अर्बभन्दा बढीको मास्क नेपाल भित्रियो

उक्त मूल्यमा ११ करोड २३ लाख ४६ हजार ७३५ थान फेस मास्क नेपाल भित्रिएको विभागले जनाएको छ । नेपालले अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश, बेल्जियम, चीन, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, हङकङ, हंगेरी, भारत, इन्डोनेसिया, इराक, इजरायल, जापान, दक्षिण कोरिया, कुवेत, मलेसिया, म्यानमार, फिलिपिन्स, कतार, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, श्रीलंका, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, युएई, बेलायत, अमेरिका, भियतनाम र नामिबियाबाट फेस मास्क खरिद गरेको छ ।

नेपालले चीनबाट ७६ करोड ३० लाख १६ हजार रुपैयाँ, डेनमार्कबाट १३ करोड ७३ लाख २० हजार रुपैयाँ, हंगेरीबाट ४ करोड २० लाख ९ हजार रुपैयाँ, भारतबाट एक करोड ४६ लाख एक हजार रुपैयाँ, सिंगापुरबाट एक करोड ९२ लाख ३२ हजार रुपैयाँ र अमेरिकाबाट २ करोड ७५ लाख ७१ हजार रुपैयाँको फेस मास्क ल्याएको विभागले जनाएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट २ अर्ब ५७ करोड ६५ लाख ५१ हजार रुपैयाँको फेस मास्क ल्याएको थियो । कोरोना महामारीका कारण फेस मास्को आयात बढेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस