ANLB 4453.1 47 MLBS 1532.3 -86.7 CITY 805 -17 NICA 452 -13 PPCL 262 -5.2 HDL 1423.1 49.1 NUBL 730 2.8 HBL 260 -13 ENL 1102 -18 PBD88 1102.1 2.1 MFIL 768 48 HATHY 1322 13 LBBLD89 1208.5 23.5 NICGF2 8.78 -0.02 HIDCL 270.7 -4.1 MLBL 398 -6.9 ULHC 390 -7.9 SONA 473.2 -7.8 SHEL 242.9 -4.7 LBBL 475 -4.8 EBL 605 5 SBCF 9 -0.2 SAPDBL 569.6 -7.4 ADBL 367 -11.1 NRN 905 -8 GILB 1268.4 4.4 C30MF 9.74 0 CIZBD86 1060 -10 PRVU 248 -10 LBLD86 1081 -0.2 MEN 631.1 -3.9 GMFIL 623 1 NSIF2 10.52 0.02 SHINE 473 -1.8 HIDCLP 183 -2 GLBSL 1600.4 -29.6 GRDBL 743 5 SARBTM 765 -5 PCBL 292 -2 PMLI 562 1
×
राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा।



राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ ।

उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडकाे कार्यालय, लाजिम्पाट, काठमाडाैँमा सम्पन्न भएकाे हाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा २५ लाख ८५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए । जसमध्ये, ५ हजार ८ सय ५९ जनाकाे रद्द थिए । २५ लाख ७९ हजार ४ सय २ जना याेग्य थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७९ हजार ४ सय ५० जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि नेप्से बजारको एप डाउनलोड गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि IPO RESULTS भन्ने अप्सन छान्नुहोला।
४) आफ्नो दिम्याट  नम्बर हानि कम्पनि छान्नुहोला।
५) त्यसपछि तपाइले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।
( नोट : आईपीओ  बाँडफाँट  भएको केहीबेर पछि मात्र नतिजा सार्बजनिक हुने छ ) 

लघुवित्तले  ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो। लघुवित्तले निष्काशन गरेको  कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणकालागि बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका सुरक्षित गरिएको छ।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ भने आईपीओ बाँडफाँड पश्चात चुक्ता पूँजी २६ करोड रुपैयाा पुग्नेछ । सो आइपीओमा छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने ब्याबस्था थियो ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

नतिजा यहाँ बाट पनि हेर्न सक्नु हुने छ।  

१) नेप्से बजारको एप

) मेरो शेयरको साइट

३) बिक्रि प्रबन्धकको साइट 

४) राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको साइट

५) सिडिएस एण्ड क्लियरिङ्गको मेरोशेयर

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस