×
राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट हुदै , यसरि हेर्नुहोस नतिजा।



राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँट गरिने भएको छ ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार आज प्रिअलटमेन्टको कार्य सम्पन्न भएको हुदा आज ३ बजे लघुवित्तको आईपीओ बाँडफाँट गरिने भएको छ ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि नेप्से बजारको एप डाउनलोड गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि IPO RESULTS भन्ने अप्सन छान्नुहोला।
४) आफ्नो दिम्याट  नम्बर हानि कम्पनि छान्नुहोला।
५) त्यसपछि तपाइले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।
( नोट : आईपीओ  बाँडफाँट  भएको केहीबेर पछि मात्र नतिजा सार्बजनिक हुने छ ) 

लघुवित्तले  ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो। लघुवित्तले निष्काशन गरेको  कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणकालागि बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका सुरक्षित गरिएको छ।

लघुवित्तकाे आईपीओमा अन्तिम दिनसम्म २६ लाख ३४ हजार ६ सय २६ जना आवेदकले ३ करोड ५ लाख ३१ हजार ३ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा ३८.४२ गुणा धेरै आवेदन हो ।

हाल सम्मको तथ्याङ्क हेर्दा जम्मा ३.०२४ प्रतिसत आर्थत ७९ हजार ४ सय ५० जनाले १० कित्ताको दरले शेयर हात पर्ने देखिन्छ भने बाकि ९७ प्रतिसत आर्थात २५ लाख बढीको हात खालि हुने छ।  तर यो अन्तिम तथ्याङ्क भने हैन।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ भने आईपीओ बाँडफाँड पश्चात चुक्ता पूँजी २६ करोड रुपैयाा पुग्नेछ ।सो आइपीओमा छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने ब्याबस्था थियो ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

नतिजा यहाँ बाट पनि हेर्न सक्नु हुने छ।  

१) नेप्से बजारको एप

) मेरो शेयरको साइट

३) बिक्रि प्रबन्धकको साइट 

४) राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको साइट

५) सिडिएस एण्ड क्लियरिङ्गको मेरोशेयर

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर
2 3

ताजा समाचार

लोकप्रिय
सिफारिस