×
Lagani
Lagani Shiksha gif
सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्बभन्दा माथि पुग्यो



चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्बभन्दा माथि पुगेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार २०७८ साउनदेखि माघ मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख ४७ हजार रुपैयाँको रहेको छ ।

Lagani Shiksha gif
sharehubapk सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्बभन्दा माथि पुग्यो

चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा नेपालले विभिन्न देशबाट ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँको वस्तु आयत गरेको छ । सोही अवधिमा नेपालले एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपैयाँको वस्तु निर्यात गरेको विभागले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार ४६.४३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिनामा नेपालको कूल वैदेशिक व्यापार ८ खर्ब ७३ अर्ब ५६ करोड २ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।

विभागका अनुसार यो वर्षको पहिलो सात महिनामा नेपालको आयत व्यापार ४२.७८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सुरुवाती सात महिनामा नेपालले ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख ९२ हजार रुपैयाँको वस्तु आयात गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको निर्याता व्यापार ८८.३० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो साता महिनामा नेपालले ६९ अर्ब ९१ करोड ७० लाख ८० हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस