हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) को नयाँ प्रमुख कार्यकारी अधिकृत नियुतिको प्रक्रिया अघि बढेको छ। उक्त कम्पनीको सीइओ मा कुलमान घिसिङ्गलाई नियुक्ति गर्ने भनेर बजारभर हल्ला चलाइएको छ। हामीले यसको बारेमा थप जानकारी लिन खोज्दा कुनै पनि स्रोतबाट यो समाचार सत्य हो भन्ने पुस्टि हुन सकेन। कम्पनीले आधिकारिक रुपमा यसको घोसणा अझै गररेको छैन।
लागनी टिप्स
“कुनै पनि शेयर किन्दा हल्लाको भर नभएर आफुले बुजेर खरिद गर्दा तपाइको लगानी सुरक्षित हुने छ। त्यसैले सामाजिक संजालको हल्लाको पछाडी नलाग्नु होला “
कम्पनीले मिति २०७७/११/५ गते कम्पनीको प्रमुख कार्यकारी अधि कृतको पद खालि रहेको र दक्ष , अनुभवी र योग्यता भएको कुना पनि व्यक्तिले उक्त पदको लागि निवेदन दिने सक्ने सुचना प्रकासन गरेको थियो। कुलमान घिसिङ्गलाई नियुक्ति गर्ने भन्ने आधिकारिक तथ्य भने भेटिएन।

हामीले थप बुज्नको लागि सामाजिक संजालमा यसको बारेमा खोज गर्दा एक लागानी कर्ताले लेखेको कुरा यस्तो भेटियो ” होसियार !!! HIDCL मा 1:1 राईट्को लोभमा करिब ३ गुणा मूल्य हालेका बन्धुहरु अब कुलमान को नियुक्ति जोडेर मूल्य बढाई निस्किने सोचमा छन । चिलिमेको मुल्य २५०० नि कुलमान जि को पाला मै पुगेको हो । अहिले तिनका अवस्था के छ हेर्नू होला ।भलै कुलमान जि जस्तो होनहार ,प्रतिभाशाली ब्यक्तिको कार्य क्षमता सबैलाई थाहा छ तर उहाँको नाम जोडेर गरिने चल्खेलबाट बच्नु भएन भने चिलिमेको सेयरमा फसेको जस्तै नफसिएला भन्न सकिन्न।”
कम्पनीले आधिकारिक रुपमा प्रकासन गरेको सुचना यस प्रकार छ।














