×
Lagani
Lagani Shiksha gif
‘ई–सेवाको कर्मचारी हुँ’ भन्दै सात लाखभन्दा बढी ठगी



‘ई–सेवाको कर्मचारी हुँ’ भन्दै सात लाखभन्दा बढी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ठगी गरेको आरोपमा रौतहट माधबनारायण नगरपालिका–२ का सुभम साह र बारा महागढिमाई नगरपालिका–१० का सर्फराज आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । दवै जना पर्साको वीरगञ्ज बस्दै आएका थिए ।

Lagani Shiksha gif
sharehubapk ‘ई–सेवाको कर्मचारी हुँ’ भन्दै सात लाखभन्दा बढी ठगी

उनीहरुले ९८२९४०२०४९ नम्बरबाट ई–सेवाको कर्मचारी बोलेको लगायतका विभिन्न कुराहरू गरी सर्वसाधरणलाई बिश्वासमा पारी ई–सेवा आईडीको ओटीपी प्राप्त गरेको प्रहरीले जनाएको छ ।

ओटीपी पाएपछि बैंक खातामा समेत पहुँच बनाई ७ लाख २७ हजार ३ सय ४८ रुपैयाँ ठगी गरेको भन्ने सूचानाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुले आईफोन १३ प्रो म्याक्स १ लाख ९० हजारमा किन्ने सहमती गरी पीडितको खाताबाट सिधै मोबाईल बिक्रेताको खातामा रकम रकमान्तर गरेको प्रहरुलिे जनाएको छ ।

यसैगरी उनीहरूले ठगीको रकम विभिन्न सामान किन्न अन्य व्यक्तिहरुका खातामा समेत पठाएको पाइएको छ ।  उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस