×
हालसम्मकै उच्च हुनेगरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य , तर पनि घाटा हुने निगमको दावी



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।  यससँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

गत माघ १८ गते पेट्रोलियम पदार्थमको मूल्य बढाएको थियो। पेट्रोलियम पदार्थको मूल्यवृद्धि यो हालसम्मकै उच्च हो। निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको जनाएको छ।

मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमै २ अर्ब १५ करोड रुपैयाँ घाटा यथावत नै रहेको निगमले दाबी गरेको छ। यो मूल्य नबढाउँदा निगमलाई १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमको विज्ञप्तिमा भनिएको छ।

हालसम्मकै उच्च हुनेगरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य , तर पनि घाटा हुने निगमको दावी

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस