×
मस्कले दान गरे ५.७ बिलियन डलर बराबरको टेस्लाको सेयर



एलन मस्कले गत वर्ष टेस्लाको ५.७ बिलियन डलरको शेयर परोपकारी संस्थालाई दान गरेको  खुलासा भएको छ ।

गत वर्ष १९ नोभम्बरदेखि २९ नोभेबरसम्म यो दान गरेको  युएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसइसी) ले देखाएको छ । यसले मस्कलाई कर लाभ हुने विश्लेषकहरूले बताएका छन् । ‘उनको कर लाभ ठूलो हुनेछ,’ कर नीति अध्ययन गर्ने इन्स्टिच्युट फर पोलिसी स्टडीजका बब लर्डले भने ।

मस्कले ५ दशमलब ७ अर्ब करको ४० देखि ५० प्रतिश बचत गर्ने लर्डले बताए ।  केही समयअघि मस्कले ट्विटरमा एउटा सर्वेक्षणमा टेस्लाको आफ्नो सेयरको १० प्रतिशत बिक्रीबारे सुझाव मागेका थिए । प्रतिकृया दिने अधिकांशले उनले सेयर सो सेयर बिक्री गर्नुपर्ने बताएका थिए ।

मस्कले सञ्चालन गरेको सर्वेक्षणमा ३५ लाख ट्विटर प्रयोगकर्ताले मतदान गरेका थिए । उनीहरुमध्ये ५८ प्रतिशत  मतदाता मस्कले सेयर बिक्री गर्नुपर्ने पक्षमा उभिएका थिए ।

सर्वेक्षणअघि मस्कले मत परिणाम स्वीकार्ने बताएका थिए । तर, परिणामपछि उनले कुनै टिप्पणी गरेका छैनन् अर्थात उनले कसरी र कहिले सेयर बिक्री गर्छन भन्ने बारेमा केही खुलाएका छैनन् । उनले सेयर बिक्री गरेमा उनले ठूलो परिणाममा कर तिर्नुपर्छ ।

शनिबार एउटा ट्विटमा मस्कले टेस्लाबाट आफूले कुनै तलब वा बोनस नपाएको भन्दै आय कर तिर्न आफ्नो कमाई नभएको बताएका थिए । तर, उनले ‘क्षतिपूर्ति प्याकेज’बाट अर्बौं डलर कमाउँछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस