


सांग्रिला डेभलपमेन्ट बैंक लि.ले बोनश शेयर तथा नगद लाभांश घोषणा गरेको छ।बैंकको मिति २०७७ /११/१६ गते विहान १०.३० बजे बसेको २६० औं सञ्चालक समितिको बैठकबाट य बैंकका शेयरधनीहरुलाई आ.व. ०७६/०७७ को संचित मुनाफाबाट चुक्ता पूँजी रु २,६०,६६,४०,४००/- को ५ प्रतिशत अर्थात रकम रु.१३,०३,३२,०२०/- (अक्षेरुपी तेह्र करोड तिन लाख बत्तीस हजार बीस मात्र) को बोनश शेयर र उक्त बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३२ प्रतिशतले हुन आउने रकम रु. ६८,५९,५८०/- (अक्षेरुपी अठसट्ठी लाख उनान्साठी हजार पाँचसय असी मात्र) नगद लाभांश समेत गरी जम्मा ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गर्ने निर्णय भएको बैंकले जनाएको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विकृत प्राप्त भए पछि बैंकको १६ औं साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई वितरण बैंकले जनाएको छ।
बैंकले प्रकासन गरेको सुचना यसप्रकार छ।