ANLB 1960 -80 NRIC 718 -18.1 SHEL 170 0 USHEC 369 -4 EBL 497 -3 KBLPO 106 0 HBL 181 -1 AHL 443 0.8 GRDBL 408 19.5 API 171.3 -0.9 HRL 605.1 -1.4 LEC 186.5 1.5 HDL 1469 -12 NLG 757 -6 RLFL 355.9 -0.6 HDHPC 130.8 -1.4 KMCDB 784 -23 NABIL 433 -2 SBCF 7.65 0.17 SBD87 980 -14.5 SIGS3 8.47 0 MHCL 402 -13.9 NMBD2085 1020 20 NMBD87/88 1015 35 SMHL 439.9 1.3 CHCL 442 -8.3 SPHL 470 -2 ACLBSL 762 -8 SPC 526 -4 HEIP 367.9 6.8 VLUCL 490 -9.6 LBBL 368 -1.2 KPCL 405 -2 NESDO 1729 -21 MEL 230 -4 PCBL 190 -0.7 JSLBB 1125 -60 MMKJL 410 7 NBLD87 994 13 NMBMF 605.9 0.9
×
बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न सर्वोत्तम सिमेन्टको साधारण सभा आज



सर्वोत्तम सिमेन्ट कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज बस्दैछ ।

बुक बिल्डिङ विधिबाट आईपीओ  निष्काशन गर्ने प्रस्ताव पेश गर्नाक्को लागि साधारण सभा काठमाडौं तिनकुनेस्थित न्यौपाने टावरको पाँचौं तल्लाको हलमा बिहान ११ बजे सुरु हुनेछ ।  यस्तै सभामा आर्थिक वर्ष २ं०७७–७८ को वार्षिक प्रतिवेदन  र आर्थिक वर्ष २ं०७८–७९ का लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि छ ।

सर्वोत्तम सिमेन्टको आईपीओ प्रक्रिया अहिले मिडिया पोर्टलहरूमा धेरै कभर भएको कारणले विवादास्पद भएको छ । बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको रेटिङ सम्पन्न भइसकेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी–आइआर त्रिपल बी प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको अवस्था मध्यम रहेको जनाउछ ।

पूँजी बजार नियामक निकाय सेबोनको दफाअनुसार पब्लिक लिमिटेड कम्पनीमा परिणत भएपछि कम्पनीले कम्तीमा एक आर्थिक वर्ष सञ्चालन गर्नुपर्नेछ । जसका कारण आर्थिक वर्ष आइपीओ प्रक्रिया अघि बढ्न सकेको छैन ।

कम्पनीले ६० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये ४०% अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइने कम्पनीले जनाएको छ । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासी, ३ लाख कित्ता कर्मचारी र २५ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्  ।

२०७६ साउनमा प्राइभेटबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको सर्वोत्तमले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको सेयर बिक्रि गर्ने प्रक्रिया सुरु गरेको छ ।

कम्पनीको खानी पाल्पामा रहेको छ भने नवलपरासीमा उद्योग रहेको छ । यस उद्योगको वार्षिक दैनिक  उत्पादन क्षमता ६० हजार बोरा  रहेको छ ।सर्वोत्तम सिमेन्टले सर्वोत्तम ग्रिन पि. एस. सि. सिमेन्ट र सर्वोत्तम ग्रिन ओ. पि. सि. सिमेन्ट उत्पादन गरिरहेको छ । युरोपियन भि. आर. एम. मेशिनबाट उत्पादित सर्वोत्तम सिमेन्ट नेपाल कै एकमात्र पहिलो ४५०० ब्लेन सम्मको मसिनोपन भएको सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस