सामुहिक लगानी कोषले शेयर बजारमा राम्रो पर्दर्सन गर्न थालेपछि विभिन्न कम्पनिहरु सामुहिक लगानी कोष जारि गर्ने जमर्को गरिरहेका छन्। त्यस्तै कुमारी क्यापिटल लिमिटेडले आज देखि कुमारी इक्विटी फण्ड नामक सामुहिक लगानी कोष सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८ करोड इकाई निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।
सार्बजनिक निस्कासनको १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई खुल्ला गरेको हो ।
सर्बसाधारणले उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सक्ने छन्। उक्त शेयरमा छिटोमा आजदेखि फागुन १८ गते मंगलबारसम्म आवेदन दिन सकिने छ भने यस अवधिमा पर्याप्त आवेदन नपरेमा फागुन २८ गते शुक्रबारसम्म आवेदन दिन सकिनेछ ।
इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ । उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

















