USHEC 523 -7 BFC 625 9.1 SINDU 667 -6 UAIL 639 -1 NABBC 631 -12 SMATA 875 -16 SHL 512 -4.5 PCBL 292 -2 SADBL 419 -1 EHPL 840 7.9 PRVU 248 -10 GFCL 1051.1 6 KBSH 2386 -9 H8020 10.2 -0.05 GUFL 735 5 SAHAS 505 28 BHPL 655.1 -12.7 HBL 260 -13 NHDL 570 0 SRBLD83 1065 -10 MPFL 751 5 CHDC 1684 -35.9 SNLI 585.1 -0.9 EDBL 645 -1.9 CFCL 647 27.1 HIDCLP 183 -2 NICD88 1032 -21 SFMF 10.2 -0.2 GILB 1268.4 4.4 CKHL 632 -8 TVCL 461 1 SCB 691.1 3.6 GBILD86/87 1030 4 LBLD86 1081 -0.2 RMF2 9.21 -0.13 SDBD87 1035 4 NIMBPO 176.9 -1.1 RIDI 235 0 BOKD86 1040 18 LEC 276.8 -6
×
कुमारी बैंक ह्याक गरी पैसा लैजाने ह्याकरको धम्की, मोबाइल बैंकिङ सहित सम्पूर्ण सिस्टम डाउन



ह्याकरले कुमारी बैंकको बैंकिङ सिस्टम ह्याक गरी पैसा लैजाने धम्की दिएको छ ।

साउदी ग्रुप नामक ईमेलबाट बुधबार धम्कीपूर्ण ईमेल प्राप्त भएसँगै बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम सिस्टम, वेबसाइट लगायत आफ्नो सम्पूर्ण सिस्टम डाउन गरेको छ । सिस्टम डाउन गरी धम्कीमा भनिए जस्तो जोखिम रहे नरहेको चेकजाँच गर्ने काम भइरहेको बैंक स्रोतले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले सिस्टम ह्याक गर्ने धम्की आएपछि आवश्यक सतर्कता अपनाउन सम्बन्धित बैंकलाई भनिएको जानकारी दिए ।

‘हामीले साइबर सुरक्षा सम्बन्धी गाइडलाइन बनाएर निश्चित मापदण्ड अनुरूप बैंकिङ सिस्टम सुरक्षित राख्नुपर्ने निर्देशन यस अघि नै दिइसकेका छौँ,’ उनले भने, ‘बैंकले पनि आफ्नो सिस्टममा त्यस्तो कुनै सुरक्षा जोखिम नरहेको जानकारी दिएको छ ।’

त्यसो त यस अघि पनि गत साउनमा नेपालको बैंकिङ सिस्टम ह्याक गर्ने धम्की आएको थियो । त्यससँगै देशको सम्पूर्ण बैंकिङ सिस्टम नै डाउन गरिएको थियो ।

उद्योगीका समस्या समाधान गर्न ‘बिजनेस क्लिनिक’ : मानिस या पशुपंक्षी विरामी हुँदा उपचार गर्न क्लिनिक सञ्चालन गरिएको विषय त हाम्रो लागि नौलो होइन । अब उद्योग तथा व्यवसाय विरामी पर्दा उपचार गर्नसमेत क्लिनिक सञ्चालनमा आएको छ ।

उद्योग संगठन मोरङले उद्योग व्यवसायका समस्याहरूको समाधान गर्ने उद्देश्यले पहिलोपटक ‘सिआइएम बिजनेस क्लिनिक’ कार्यक्रम सुरु गरेको हो ।  संघले १०४ वटा विभिन्न क्षेत्र तथा विषयसँग सम्बन्धित समस्या उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र मन्त्रालयको टिमसमक्ष राख्दै क्लिनिक कार्यक्रम सुरु भएको जानकारी दिएको छ ।

संगठनले क्लिनिकमार्फत सदस्य उद्योग प्रतिष्ठानहरू समस्या पहिचान गर्ने र त्यसको समाधानको सहजीकरणका लागी उद्योग मन्त्रालयमा सम्पर्क समन्वय बिन्दु तोक्ने गरी काम अघि बढेको छ । यसलाई प्रभावकारी बनाउन हरेक तीन-तीन महिनामा मन्त्रालय र संगठनबीच सहजीकरण बैठक तथा समीक्षा बैठक गर्ने समझदारी भएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।

हाल संगठनले सदस्य उद्योग प्रतिष्ठानका समस्याहरू संकलन गर्न उद्योग भ्रमण कार्यक्रम नै सञ्चालन गरिरहेको छ । यसरी संकलित समस्यालाई कार्यान्वयन तहका, नीतिगत तहका, उद्योग विशेष वा साझा समस्या तथा ऊर्जा, कर, राजश्व, श्रम, भन्सार, निर्यात आयात, बैंक तथा वित्तीय क्षेत्र, स्थानीय सरकार जस्ता विषयमा वर्गीकरण गर्दै सोहीअनुरूपको समाधानका लागि सम्बन्धित निकायमा पहल गर्दै आएको छ ।

समस्या समाधानका लागि उद्योग मन्त्रालयमा फोकल बिन्दु तोकिएसँगै अब उद्योगी व्यवसायीहरूका समस्याको एकै स्थानबाट समाधानका लागि पहल र प्रयत्न गर्न सहज हुने अध्यक्ष प्याकुरेलले बताए ।

संगठनले सञ्चालनमा ल्याएको बिजनेस क्लिनिकमा आन्तरिक र बाह्य गरी दुईवटा विषयलाई विश्लेषण हुँदै आएको छ । आन्तरिक विषयअन्तर्गत सम्बन्धित उद्योग वा व्यवसायको आन्तरिक क्षमता जाँचपडताल डायग्नोसिस गर्न बिजनेस हेल्थ चेकअपको सेवा उपलब्ध रहेको तथा बाह्य विषयअन्तर्गत उद्योग व्यवसायका समस्याहको संकलन तथा पहिचानका लागी उद्योगहरूको भ्रमण  गर्ने, समस्याको वर्गीकरण गर्ने, नीति विश्लेषण तथा अनुसन्धान गर्ने र समाधानका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको फोकल बिन्दुमार्फत सहजीकरण गर्ने जस्ता विषयहरू समेटिएको संगठनका महानिर्देशक चुडामणि भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस