SINDU 667 -6 NRN 905 -8 NWCL 975 -13.9 SHIVM 599 -8 RBCLPO 12300 88 BHPL 655.1 -12.7 RFPL 532 11.1 NLICL 606 -4 UPPER 214.2 -1.8 CKHL 632 -8 TRH 1118 -5 ULHC 390 -7.9 MATRI 1405 -8 NMFBS 1435 1 SPDL 310 5 GRDBL 743 5 SARBTM 765 -5 NIFRA 280 -5 RNLI 495.5 1.5 NGPL 472 -2.9 SAMAJ 3321.1 1.1 LBBLD89 1208.5 23.5 NBBD2085 1100 0 HIDCLP 183 -2 HLI 472 -4 AKJCL 209 -3 SIGS2 10.05 0 PPCL 262 -5.2 KRBL 613 0 SKBBL 934 -3 MAKAR 500 6 SWMF 812 -13 SANIMA 326 -10.2 PBD84 1065 1.7 JOSHI 305 -6.8 GBIME 256.1 -4.4 CIT 2195 0 RHGCL 388 0 NIBD2082 1099 0 MSLB 1564 -70
×
एमसिसीबारे देउवाले प्रचण्डमाथि बढाएको दबाब , के एमसिसी पास होला त ?



पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) लाई लिएर दबाबमा छन् ।

एमसीसीले आर्थिक अनुदान संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको यसै महिनाको सुरुवातमा विज्ञप्ति निकालेर बताइरहँदा देउवामाथि थप दबाब परेको बुझ्न कठिन छैन । तर गठबन्धन सरकार भएका कारण र संसदमा आफ्नो दल कमजोर हुँदा देउवाले चाहेजस्तो सहज परिस्थिति भने छैन ।

उनले गत साताको आइतबार सर्वदलीय बैठक राखेर एमसिसी संसदमा लैजाने चाहना राखेका थिए । तर सत्ता गठबन्धनका प्रमुख दुई सहयात्री नेकपमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका साना दलको विरोधका कारण त्यसबारे देउवा रक्षात्मक बन्न पुगे ।

गठबन्धनले एमसिसीबारे अध्ययन गर्न र साझा धारणा बनाउनका लागि तीन सदस्यीय कार्यदल गठन गरेका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रका एक एक जना सदस्य रहेको उक्त कार्यदलबाट पनि आफूले चाहेजस्तो सुझाव आउनेमा देउवा विश्वस्त छैनन् ।

तत्कालीन नेकपा हुँदा एमसिसी अध्ययन गर्न गठन भएको कार्यदलका प्रमुख झलनाथ खनाल अहिलेको कार्यदलमा पनि नेतृत्वकर्ता रहेका छन् भने अर्का सदस्य माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहेका छन् । त्यसैले पनि गठबन्धनबाट एमसिसी यही अवस्थामा पास हुने निर्णय आउनेमा उनी ढुक्क छैनन् ।  त्यसैले उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि ‘दबाब’ बढाउन खोजेका छन् ।

प्रचण्डलाई फुर्क्याएर दिएको दबाब !

आइतबारबाट काठमाडौंमा सुरु नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनमा अतिथिको रुपमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित थिए ।

कार्यकारी पदमा रहेर गरेको नेतृत्वको आलोचना भए पनि देउवाको खुबीलाई नेपाली राजनीतिमा मान्नै पर्ने हुन्छ । उनले समय र परिस्थिति अनुसार मिलाएर लैजान जानेका छन् । झुक्न जानेका छन् । फुर्‌क्याउन जाने छन् ।

उनै देउवाले माओवादीको महाधिवेशन उद्घाटनमा त्यस्तै गरे । माओवादी ‘सुप्रिमो’ प्रचण्डको उनले गुणगान गाए । खुसी भएका माओवादी कार्यकर्ताले परररर ताली पिटे । देउवाले ठिक भने भन्दै उनीप्रति सदासयता दर्शाए ।

उनले माओवादी र प्रचण्डकै कारण देशमा संविधान सभाको चुनाव भएको र गणतन्त्र आएको भन्दै प्रचण्डलाई उचाइमा पुर्याउँदा माओवादी नेता कार्यकर्ताको छाती चौडा भयो ।

‘पुष्पकमल दाहालले नेपालको राजनीतिमा ठूलो योगदान दिनुभएको छ। शान्ति प्रक्रियामा आउदा संविधानसभाको निर्वाचन उहाँको सर्त हो,’ देउवाले भनेका थिए, ‘उहाँको बलले संविधानसभामा हामीहरु गएका हौं । यस मानेमा संविधानसभाबाट संविधान बनाउने कुरा भएको हो ।’

नजिकिँदै गरेको तीन तहको निर्वाचनमा देउवा (कांग्रेस) को फेर समाएर गठबन्धनमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘देखाइदिन’ खोजिरहेका प्रचण्ड र माधव नेपाललाई आस्वस्त पार्दै देउवाले गठबन्धनको कुरा उठाए ।

माओवादीका नेता कार्यकर्तालाई पनि आफूहरुको संगठन कमजोर भएको र चुनावी मत आफ्नो पक्षमा एक्लाएक्लै भिड्दा कम आउँछ भन्ने थाहा भएको अवस्थामा देउवाले चुनाव भन्दा परैसम्म गठबन्धन जाने भन्दै सकारात्मक सन्देश सञ्चार गरे ।

‘यो  संसद् बचाउने गठबन्धन हो। यो पूरा समयसम्म चल्नेछ’ उनले भने  ‘म अझै के चाहन्छु, गठबन्धन अझै लामो समय जाओस्। यो केपी शर्मा ओलीविरुद्ध पनि होइन ।’

यसै भन्दै गर्दा देउवा उपयुक्त समयको खोजीमा थिए । र, प्रचण्डमाथि उनकै कार्यकर्ताको सामुन्ने दबाब दिन बुझिने गरि एमसिसीबारे बोले ।  ‘एउटा कुरा मैले यहाँ बोल्नै पर्ने भयो यहाँ, एमसिसी राष्ट्रघाती भनेको हुनाले । म अरु कुरालाई आएको थिएँ, यहाँ एमसिसी राष्ट्रघाती भन्दियो’ उनले भने ।

‘राष्ट्रघाती भन्नेले त्यो पनि पढेको छ कि छैन त्यो पनि थाहा छैन मलाई त । पहिला पढ्नुपर्यो एमसिसी कहाँ छ राष्ट्रघाती ? मैले हेर्दा कहि राष्ट्रघात देखेको छैन ।’ उनले आफू पनि नेपालको प्रधानमन्त्री भएको भन्दै प्रश्न गरे ‘म राष्ट्रको खिलाफमा जाउँला ? म पनि राष्ट्रका लागि लडेको मान्छे । त्यसकारण तपाईंहरु पढ्नुस्, अध्ययन गर्नुस् ।’

‘हामी छलफल गरिरहेका छौं। नेपालको हितमा छ। सित्तै आएको पैसा हो । चाहिन्न भन्छन् । एडीबीको ऋण लिन्छौं । एमसीसीका बारेमा राम्रोसँग बुझ्नुपर्छ । यसमा सहमति भएर हामी छिट्टै पास गराउने छौं,’ प्रधानमन्त्री देउवाले भने ।

देउवाले उचाल्दा ‘डाइनामिक’,  एमसिसी व्यक्तिगत !

देउवापछि बोलेका अध्यक्ष प्रचण्डले कार्यक्रममा आएको भन्दै सवैको तारिफ गरे । एमालेसँग एकता गरेर आफूहरुले गल्ती नगरेको भन्दै एमाले महासचिवको समेत तारिफ गरेका प्रचण्डले सबैभन्दा मुक्तकण्ठले देउवाको प्रशंशा गरे । किनकी केही मिनेट अघि देउवाले प्रचण्डको लगभग ‘देवत्वकरण’ गरेका थिए । त्यसबाट प्रचण्ड खुसी रहेको प्रस्टै देख्न सकिन्थ्यो ।

प्रचण्डको भाषणले पनि त्यसलाई पुष्टि गर्थ्यो । दंग परेका प्रचण्डले भने ‘संक्षिप्त बोल्ने प्रधानमन्त्रीजीले आज बढो सुन्दर बोल्नु भएको लाग्यो। कस्तो मिठो बोल्न सक्या ! उहाँ मान्छे बडो सोझो जस्तो पनि, इन्नोसेन्ट हो कि जस्तो पनि लाग्यो । सजिलै भन्दिनुभो, यो सबै प्रचण्डले नै गर्दा भाको हो है, नत्र हुन्थेन। तर, ठूलो स्टेटमेन्ट दिनुभो । म प्रधानमन्त्रीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’

प्रचण्डले देउवालाई थप प्रफुल्लित पार्न खोजे । ‘तपाईंले इतिहासका खास खास मोडमा ठुल्ठूला स्टेटमेन्ट दिनुभएको छ । हामी शान्ति प्रक्रियामा आउने तयारी गर्दै थियौँ । उहाँले भनिदिनुभयो– प्रचण्ड एउटा बहादुर नेता हो नेपालको,’ प्रचण्डले भने, ‘म युद्ध गरिराखेको छु, उहाँ प्रधानमन्त्री हुनुहुन्छ। प्रधानमन्त्रीले विद्रोहीलाई बहादुर नेता भन्दिनुभो । बडो सहज ढंगले भन्नु भो तर त्यसको जबर्जस्त प्रभाव देशमा पर्यो । प्रधानमन्त्रीजस्तो हैसियतको नेताले विद्रोही जस्तो नेतालाई बहादुर ? सानो कुरा होइन ।’

प्रचण्डले देउवालाई अनुभवि र खारिएको नेता भन्दै अगाडि भने ‘मलाई अलिअलि डर लागेको छ कांग्रेसभित्र अलिअलि आलोचना खेप्नु पर्ने त होइन ? तर मलाई लाग्छ धेरै अनुभव हासिल गरिसक्नु भएको छ, सानातिना आलोचना र विरोधले उहाँको छाला धेरै दह्रो भइसकेको छ ।’

तर, प्रचण्डले जवाफ दिनु पर्ने एउटा अप्ठेरो उत्तरको अपेक्षा देउवाले गरिरहेका थिए । एमसिसीबारे आफूले बोलेको विषयमा कार्यकर्तामाझ प्रचण्ड कसरी प्रस्तुत हुनेछन् भन्ने विषयमा सादय उनको चासो थियो र त्यसैका लागि उनले भाषणमा सोच विचार गरेर उक्त विषयबारे बोलेका थिए ।

देउवाले अन्य विषयको चर्चा गरेका प्रचण्डमाथि नैतिक रुपमा दबाब बढाएका थिए । कहाँ छ राष्ट्राघत देखाउँ भन्दै देउवाले पढ्न भनिसकेका थिए । आफू देशको प्रधानमन्त्री रहेको र लोकतन्त्रका लागि लडेको मानिसले राष्ट्रघात गर्छ? भन्दै देउवाले प्रश्न नै राखिसकेपछि प्रचण्ड जवाफ दिन सहज थिएन । प्रचण्डले जोगिने सहज बाटो खोजे एमसिसीबारे देउवाको निजी विचार भनेर ।

‘प्रधानमन्त्रीजीले एमसीसीबारे आफ्नो विचार भन्नुभयो। तर, उहाँले कहाँ हो राष्ट्रघाति भएको देखाइ दिनु भन्नुभयो। छलफल गर्दैछौं भनेर पनि भन्नुभएको छ। प्रधानमन्त्रीको यो अभिव्यक्ति पनि राम्रो नै आएको छ ।’

देउवाले राष्ट्रघात भए देखाउन, नभए पास गर्न सहयोग गर्नुपर्ने दबाव प्रचण्डमाथि प्रस्ट रुपमा दिएका छन् । प्रचण्ड माधवलाई एमसिसीकै विषयले गर्दा कतै देउवा ओली तिर निकट हुने र आफूहरु चुनावको मुखैमा किनारा पर्ने त होइन भन्ने त्रासलाई बुझेका उनले सार्वजनिक रुपमा नै गठबन्धनका दुई नेता प्रचण्ड र माधव नेपालमाथि दबाब बढाएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस