


सोमबार नेपाली शेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.६७ अङ्कले घटेको छ । १.२४ प्रतिशतले घटेको परिसूचक २६०७.६७ मा झरेर कारोबार बन्द भएको छ ।२०७ कम्पनीको २ करोड १६ लाख बढी कित्ता सेयर ८ अर्ब बढी रुपैयाँमा कारोबार भएका छन् ।
आज सबैभन्दा धेरै नेपाल इन्फ्रस्टक्चर बैंक (निफ्रा)का सेयर लगानीकर्ता मालामाल भएका छन् ।उक्त बैंकको शेयरमा शुरुमै सकारात्मक सर्किट लागेको थियो भने १० प्रतिशत बढेर ६६० रुपैयामा कारोबार भएको छ ।
सेन्चुरी कर्मशियल बेंकका लगानीककर्ताले सर्वाधिक ५.५२ प्रतिशतले गुमाएका छन्। यस्तै सिभिल बैंकको शेयर मूल्य समेत १४ रुपैंयाले घटेको छ।आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३८ करोड बढिमा सेयर कारोबार भएको छ।
सोमबार हाइड्रोपावर कम्पनीहरुको सेयरमा लगानीकर्ताहरुको इन्डेक्स ४ प्रतिशत भन्दा धेरै बढेको छ । आँखुखोला जलविद्युत र तामाकोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य अत्याधिक वृद्धि भएको छ ।