×
Lagani
Lagani Shiksha gif
हिमालयन बैंकले ३० पुसमा बोलायो साधारणसभा, यस्ता छन् एजेन्डा



हिमालयन बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न तथा मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्न ३० पुुसमा साधारणसभा बोलाएको छ ।

बैंकले आफ्नो केन्द्रीय कार्यालय, कमलादीमा बिहान ११ बजेका लागि २९औँ वार्षिक साधारणसभा भिडियो कन्फ्रेन्सको माध्यमबाट आयोजना गर्ने भएको हो । सभामा हाल कायम चुक्ता पुँजीको २१ दशमलव ३८ प्रतिशतका दरले बोनस सेयर र सोको करसहित चार दशमलव ६२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित हुनेछ ।

Lagani Shiksha gif
sharehubapk हिमालयन बैंकले ३० पुसमा बोलायो साधारणसभा, यस्ता छन् एजेन्डा

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित हुनेछ । सेयर स्वाप रेसियो एक बराबर एक कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका एजेन्डा छन् ।

साधारणसभा प्रयोजनका लागि बैंकले ११ पुसदेखि बुक क्लोज गर्ने भएको छ । यसअनुसार, मर्जर प्रयोजका लागि बैंकको सेयर कारोबार हाल दोस्रो बजारमा बन्द छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस