×
Lagani
Lagani Shiksha gif
माओवादी महाधिवेशनमा नजाने भए ओली , यस्तो छ कारण।



नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।

आइतबार बिहान बसेको माओवादीको बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशनमा रुपान्तरण गरेपछि विभिन्न राजनीतिक दलका शीर्षनेताहरूले शुभकामना दिन आमन्त्रण गरिएको छ ।

आइतबार अपरान्ह ३ बजे उद्घाटन हुने माओवादीको आठौं महाधिवेशनमा ओली सहभागी नहुने भएका हुन् । उनी पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन शनिबार गृहजिल्ला झापा पुगेका छन् । ‘माओवादीको महाधिवेशनमा अध्यक्षज्यू सहभागी हुनहुन्न,’ ओलीका प्रेस सहयोगी रामशरण बजगाईंले भने ।

उनका अनुसार अखिलको सचिवालय बैठकदेखि स्वास्थ्य शिविरसम्म ओली सहभागी हुने कार्यक्रम छ । शनिबार झापा गएका ओलीले सोमबार वा मंगलबार मात्र काठमाडौं फर्कने बजगाईंले जानकारी दिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस