KMCDB 1027.8 -11.1 DORDI 429 -3.3 DHPL 242 1 PPL 461 -2.5 H8020 10.2 -0.05 MKHL 493 -6 NICA 452 -13 SPC 520 5 EBLD86 1040 -2 NIBD84 1030 -20 ALICL 714.5 -1.2 HRL 861 -4 FMDBL 758 -0.1 EDBL 645 -1.9 MAKAR 500 6 PSF 9.51 -0.09 TVCL 461 1 GFCL 1051.1 6 SHLB 1886.9 1.9 TAMOR 482.9 -2.1 NMBD87/88 1027 -3 NBLD87 1020 -8 SLCF 9.21 -0.1 SAGF 9.31 0.01 SONA 473.2 -7.8 NBF3 9.04 0.17 CCBD88 1123.1 6.1 DDBL 916.2 3.1 HURJA 220 -4.6 RMF1 9.15 -0.1 NSIF2 10.52 0.02 BPCL 449 -7 USHL 783.2 -13.7 GLH 244 -2 NBF2 9.15 -0.05 PFL 652 -1 NBBD2085 1100 0 NIBLGF 9.1 0.38 SAHAS 505 28 SNMAPO 190 0
×
भाेककाे आगाेले गिट्टी कुट्न बाध्य मुगुका महिला



पुसकाे चिसाे । घरबाहिर निस्कनै पनि हतपत जागर चल्दैन । तर, मुगु छायाँनाथ रारा नगरपालिका-५ ढुमगाउँका दलित महिला बिहान उज्यालाे हुँदा नहुँदै हातमा हथाैडा, टाउकोमा रुमाल, मुखमा मास्क लगाएर घरबाट निस्कन्छन् । याे दैनिक उनीहरूकाे अहिले मात्रै हाेइन । के जाडाे के गर्मी, हरेक माैसममा उनीहरू उज्यालाे हुँदासम्म गिट्टी कुट्न थालिहाल्छन् । यही कामबाट उनीहरूले वर्षाैदेखि परिवार पालिरहेका छन् ।

ढुमगाउँकी रन्नदेवी विकलाई बिहान उठ्ने बित्तिकै आज कुन ठाउँ जाउ, के गरु, के खाऔँ, के लाऔँ भन्ने चिन्ता हुँदैन । सिर्फ चिन्ता हुन्छ त गिट्टी कति कुट्ने भन्ने मात्रै ।तर पनि बर्षाैदेखि उनी यही काम गर्न बाध्य छिन । यस्ताे बाध्यता रन्नादेवीलाई मात्रै हाेइन मुगुका अधिकांश दलित महिला ढुंगा फुटाएर घर परिवार चलाइरहेका छन् ।

विशेषगरी छायाँनाथ रारा नगरपालिकाकाे थार्प, रुगा, लुम, ढुम, तलितुमलगायत गाउँका दलित महिलाकाे जीवन धान्ने माध्यम गिट्टी कुटान बनिरहेकाे छ । छायाँनाथ रारा नगरपालिका-५ की २६ वर्षीया रामति कामी घरबाट बिहानै निस्केर बेलुका अबेर मात्रै फर्किन्छिन् । उनी सदरमुकाम गमगढी बजार आसपास गिट्टी फोड्ने गर्छिन् ।कामीले भनिन्, ‘गिट्टी कुटेर मासिक १० हजारसम्म आम्दानी हुने गर्छ । यही आम्दानीले घर खर्च, छोराछोरीकाे पठनपाठन गरिरहेकी छु ।’ उनले गिट्टी कुट्न लागेको करिब १० वर्ष भइसकेकाे बताइन् ।

४० वर्षीया रन्नदेवि विकले श्रीमानले पनिसँगै गिट्टी कुट्ने गरेकाे बताइन् । ‘हाम्रो रोजगारी भनेकै यही हो । श्रीमानश्रीमतीले गिट्टी कुट्दा महिनाकाे २० हजार रुपैयाँसम्म कमाइ हुन्छ,’ उनका श्रीमान नारायण सिंह कामीले भने ।

बालमन्दिर आधारभुत विद्यालय चैन गाउँमा कक्षा ३ मा अध्ययनरत ११ वर्षीया बालिका भैपुरा कामी आमाकाकीसँगै गिट्टी कुट्न बजारमा पुग्छिन् । उनी पनि रहरले गिट्टी कुटन आएकी होइनन् । पढाई खर्चको जाेहाे गर्न आएकाे बताइन् । उनले कापीकलम किन्ने पैसा गिट्टी कुटेरै जाेहाे गरेकाे बताइन् । घरबाट गिट्टी कुट्न निस्कदा हथाैडा बोकेर निस्कुन्छु तर साथीहरू किताबकापी, झोला बोकेर विद्यालयतर्फ निस्कन्छन् । त्यो देखेर आशु झर्ने गरेकाे उनले सुनाइन् ।

मुगुका अधिकांश बेरोजगार युवती र महिला घर खर्च चलाउन निजी र सरकारी भवन निर्माणमा सामेल हुँदै आएका छन् । तर, काम गरे अनुसारको पारिश्रमिक नपाएको उनीहरूको गुनासो छ । घर चलाउनका लागि उनीहरू न्यून पारिश्रमिकमै भए पिन काम गर्न बाध्य छन् । निर्माणको काममा महिलालाई न्यून पारिश्रमिक दिने गरेको उनीहरूको दुखेसो छ । महिलाले एक कट्टा गिट्टीको ५० देखि ६० रुपैयाँ मात्र पाउँछन् । उनीहरूले दिनभरिमा बढीमा तीन कट्टा गिट्टी फोड्छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस