JFL 655 6 NRIC 803 -5 EHPL 840 7.9 NYADI 305.4 -6.6 KEF 9 0.28 NMB 263.9 -7.1 CYCL 1540 -7 SAGF 9.31 0.01 MBLD2085 1085 6.5 SHEL 242.9 -4.7 AHPC 267 -0.6 OHL 925 -9 SIKLES 707 -3 SNLI 585.1 -0.9 UNLB 2527 -3.9 CHCL 568.9 -8.1 KMCDB 1027.8 -11.1 NTC 980.1 -2.4 SLBSL 1398.4 21.4 NIBSF2 8.9 0.08 KSBBL 448 -3 RNLI 495.5 1.5 EBLD85 1105 5 GFCL 1051.1 6 GRDBL 743 5 RIDI 235 0 PRSF 9.54 -0.11 MFIL 768 48 MAKAR 500 6 SGHC 393.6 0.1 TSHL 909 -11 MMKJL 543.6 9.6 NLO 242.1 0 SPC 520 5 VLBS 902.5 -7.5 ACLBSL 1035 0 RBCL 17071 -109 MLBBL 1635 15 HDHPC 208.8 -4.1 KSBBLD87 1093.4 18.4
×
मध्य भोटेकोशीको आईपीओ डिम्याट खातामा , कतिमा होला पहिलो कारोबार ?



मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ सम्बधित शेयर धनीको डिम्याट खातामा आएको छ  ।

होजो नेप्सेमा सूचीकरण भएसंगै आईतबारबाट दोश्रो बजारमा कम्पनीको कारोबार सुरू हुनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ ३९ पैसादेखि अधिकतम २ सय ८३ रुपैयाँ १७ पैसासम्म ओपनिङ रेञ्ज कानिर्धारण गरेको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड प्रचलित कानुन बमोजिम २०६७ साल श्रावण १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । यस कम्पनीको जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लाको साविक गाति (बाह्बिसे न.पा. ५) र मार्मिङ गा.वि.स. (भोटेकोशी गा.पा. ५) मा रहेको छ । कम्पनीमा हाल चिलिमे जलविद्युत कम्पनी लि., नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि., सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा.लि., नेपाल अरनिको हाइड्रोपावर कम्पनी लि. र सिन्धु भोटेकोशी हाइड्रोपावर लि. संस्थापक शेयरधनी रहेका छन्।

आयोजना सचांलन तथा सम्भार खर्च आ. व. २०७७/०७८ मा विद्युत बिक्रीको ५% रहने र तत्पश्चात उक्त अनुपातमा हरेक वर्ष ५% ले बृद्घि हुने अनुमान गरिएको छ । विद्युत ऐन २०४९ अनुसार नाफाबाट २% कर्मचारी बोनश व्यवस्था गरिएको छ । कम्पनीले आयोजना निर्माणको निमित्त त्रिपक्षिय ऋण सम्झौता (पूरक ऋण सम्झौता सहित) बमोजिम कर्मचारी संचय कोषसँग रु.८८८.८६४ करोड ऋण लिई आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । कर्मचारी संचय कोषसँग लिएको रु.८८८.८६४ करोड ऋण र रु.६०० करोड शेयर पूँजी जारी समेत गरी आयोजना निर्माणको क्रममा हुन सक्ने अपुग रकम विभिन्न भुक्तानी व्यवस्थापन  र आन्तरीक प्रतिफलबाट व्यवस्थापन गर्ने योजना रहेको छ ।

आयोजनाको लागत प्रति मेगावाट (निर्माण अवधिको पूजींकृत व्याज समेत) रु.१६.६४ करोड रहने अनुमान गरिएको छ । नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरीद – बिक्री सम्झौता अनुसार व्यापारीक उत्पादन सुरु भए पश्चात विद्युत बिक्रीबाट प्राप्त हुने रकममा वर्षको अन्तिम महिनाको बिल रकम बक्यौताको रुपमा रहने गरी प्रक्षेपण गरिएको छ । व्यापारीक उत्पादन सुरु भएको १५ वर्षसम्म नेपाल सरकारलाई तिर्नु पर्ने जडित क्षमताको रोयल्टीे दर प्रति किलोवाट रु.२००  र विद्युत बिक्रिबाट हुने आम्दानीको रोयल्टी दर २% हुने गरी वित्तिय विवरणमा प्रक्षेपण गरिएको छ ।

क्यापिटलका अनुसार कम्पनीको उक्त आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको छ । बाँकी २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएको छ । स्वीकृत भएको आवेदनमध्ये ८ लाख १९ हजार आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीले २० असोजदेखि २५ असोजसम्मको लागि सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्काशनमा ल्याएको थियो । कम्पनीले सर्बसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो ।

केयर रेटिङ नेपालले कम्पनीको आईपिओलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो ।

सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको अधिकृत पुँजी ६ अर्ब २१ करोड तथा जारी पुँजी ६ अर्ब रुपैयाँ रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस