×
कुमारी बैंक र विद्युत प्राधिकरणको विजयी सुरुवात



कुमारी बैंक काठमाडौंमा जारी कुमारी बैक काठमाडौं टिम च्याम्पियन कर्पोरेट ब्याडमिन्टन काठमाडौं ब्याडमिन्टन आमन्त्रित २०२१ मा समूह एतर्फ  विजयी सुरुवात गर्न सफल भएको छ ।

कुमारीले कान्तिपुर पब्लिकेशनलाई ३–० को जित निकालेको हो । प्रतियोगिताको पहिलो दिन भएको प्रतिस्पर्धामा पुरुष एकलतर्फ उच्च बरिएताका पुरुष खेलाडीबीचको खेलमा कुमारी बैंकका सुदीप सेढाईले कान्तिपुरका साजन कृष्ण ताम्राकारलाई २१–१८, २१–१९ ले पराजित गरे ।

यस्तै महिलातर्फ सुनैना मुखियाले सम्झना शर्मालाई २१–९, २१–११ ले पराजित गरिन् । यस्तै कर्पोरेट युगलतर्फको खेलमा विक्रम निरौला र नीरज राईको जोडीले सुशिलकुमार रावल र महेश स्वारलाई २१–१५, २७–२५ ले जित निकाल्दै ३–० को जित निकालेको हो ।

काठमाडौं ब्याडमिन्ट एकेडेमीको आयोजना भएको समूह बीतर्फको आईएमई ग्रुप र नेपाल विद्युत प्राधिकरणबीचको खेलमा नेपाल विद्युत प्राधिकरणले ३–२ को कठिन जित निकाल्यो । प्राधिकरणले जित निकाल्ने क्रममा सुरुको दुई खेलमा हार बेहोरेता पनि खेलमा फर्कँदै जितलाई आफ्नो पक्षमा पार्‍यो ।

पुरुष एकलतर्फ आईएमईका नवीन श्रेष्ठले विद्युतका दीपक बोहरालाई २१–१४,  २१–१६ ले जित निकाले । यस्तै महिला एकलतर्फ नङ्गसल देवी तामाङ्गले शोभा चन्दलाई २१–१२, २१–१५ ले जित निकाल्दै जितलाई २–० ले आफ्नो पक्षमा पारे । तर तेस्रो खेलमा विद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले सरोज बस्नेत र ब्रिजेन श्रेष्ठको जोडीलाई २१–५, २१–१ ले जित निकाल्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

यसैगरी विद्युतकी शोभा गौचन र याम कुमारी गुरुङ्गको जोडीले आईएमईका स्मारिका यरुशा श्रेष्ठ थापा र नङ्गशल तामाङ्गको जोडीलाई २१–११, २१–१२ ले पराजित गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । निर्णायक खेलमा दीपक बोहरा र राजु महर्जनको जोडीले नवीन श्रेष्ठ र निशान्त ढकालको जोडीलाई २१–१८, २१–१८ को समान अन्तरले पराजित गदै जितलाई ३–२ का साथ आफ्नो पक्षमा पारेको हो ।

टिम प्रतियोगितामा बरिएताका पुरुष एकल र महिला एकल, कर्पोरेट पुरुष युगल, महिला युगल र पुरुष युगल गरी वेस्ट अफ फाईभको गेम हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस