×
Lagani
Lagani Shiksha gif
लघु, घरेलु तथा साना उद्योगलाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग माग



नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योग क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग माग गरेको छ ।

महासंघले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष आगामी १० वर्षलाई ‘एमएसएमई विकास दशक’ घोषणा गर्नुपर्ने, सहुलियतपूर्ण तथा बिनाधितो कर्जा उपलब्ध गराउनुपर्ने र नयाँ उद्योगलाई कर सहुलियत दिनुपर्ने सुझाव दिएको छ ।

Lagani Shiksha gif
sharehubapk लघु, घरेलु तथा साना उद्योगलाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग माग

महासंघले सार्वजनिक खरिदमा कम्तीमा ३० प्रतिशत स्वदेशी एमएसएमई उत्पादनलाई प्राथमिकता दिनुपर्ने, ‘मेड इन नेपाल’ अभियान अघि बढाउनुपर्ने, निर्यात सहजीकरण तथा आधुनिक प्रविधि भित्र्याउन सरकारी अनुदान दिनुपर्ने माग गरेको छ । महिला तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि विशेष उद्यमशीलता प्याकेज, ‘१०० स्टार्टअप–१०० लगानीकर्ता’ कार्यक्रम र उद्योगसम्बन्धी सरकारी सेवा छिटोछरितो बनाउन ‘फास्ट ट्रयाक औद्योगिक सेवा’ लागू गर्न पनि प्रस्ताव गरेको छ ।

महासंघका मागबारे कार्यवाहक प्रधानमन्त्री डा. वाग्लेले एमएसएमई क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएका छन् । महासंघले सरकार, निजी क्षेत्र र सरोकारवालाबीचको सहकार्यबाट उत्पादन, रोजगारी र निर्यात बढाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने जनाएको छ ।

यसै अवसरमा महासंघले बाढी प्रभावित परिवारको राहतका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ । महासंघकी अध्यक्ष शोभा गुरुङले उक्त रकम कार्यवाहक प्रधानमन्त्री वाग्लेलाई हस्तान्तरण गरेकी हुन् । रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ भने प्रभावित परिवारका लागि आवश्यक सामग्रीसमेत संकलन गरी छिट्टै प्रभावित क्षेत्रमा वितरण गरिने महासंघले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस