×
Lagani
Lagani Shiksha gif
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले लिए शपथ



नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार विहान मन्त्रालयमा कार्यकारी निर्देशक श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् ।

Lagani Shiksha gif
sharehubapk विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले लिए शपथ

उक्त अवसरमा मन्त्री श्रेष्ठले प्रणाली बनाएर निष्ठापूर्वक काम गर्न निर्देशन दिए । उनले मन्त्रालयका निकायहरुसँग उच्च समन्वय गर्न पनि सुझाए । भोटेकोशी बाढीको चुनौतीपूर्ण समयमा कायम मुकाय कार्यकारी निर्देशकको रुपमा सफल कार्यसम्पादन गरेकामा मन्त्री श्रेष्ठले धन्यवाद पनि दिए ।

मन्त्रिपरिषद्को असोज २ गते शुक्रबार बसेको बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस