×
Lagani
Lagani Shiksha gif
सुनचाँदी तथा आभूषण महासंघको राहत कोषमा ४० लाख सहयोग



नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।

महासंघको आह्वानमा सुनचाँदी, रत्न तथा आभूषण व्यवसायमा आबद्ध व्यवसायीबाट स्वेच्छिक रूपमा संकलन गरिएको रकम एकद्वार प्रणालीमार्फत सरकारी राहत कोषमा जम्मा गरिएको हो। संकलित रकममध्ये ४० लाख ५ हजार ५ सय ५५ रुपैयाँ महासंघका महासचिव नीरबहादुर विश्वकर्माको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

Lagani Shiksha gif
sharehubapk सुनचाँदी तथा आभूषण महासंघको राहत कोषमा ४० लाख सहयोग

महासंघका अनुसार संकलित बाँकी रकममा महासंघको कोषबाट थप गरी यस क्षेत्रसँग सम्बन्धित विपद् प्रभावित व्यवसायी, कालिगढ तथा पीडित परिवारलाई उनीहरूको अवस्था र आवश्यकताका आधारमा प्रत्यक्ष राहत उपलब्ध गराइनेछ ।

महासंघले विपद्को कठिन अवस्थामा सहयोग गर्ने व्यवसायी, पदाधिकारी, प्रदेश महासंघ तथा आबद्ध संघसंस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सहयोग जारी राख्ने जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस