×
Lagani
Lagani Shiksha gif
अब आईपीओको सूचना मोबाइलमै, सेबोनले सीडीएससीलाई दियो यस्तो निर्देशन



अब लगानीकर्ताले आईपीओ खुलेको जानकारीका लागि बारम्बार सूचना खोजिरहनुपर्ने अवस्था अन्त्य हुने भएको छ। नेपाल धितोपत्र बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई लगानीकर्तालाई आईपीओ निष्कासनसम्बन्धी सूचना मोबाइलमा तत्काल प्राप्त हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

सेबोनले सिडिएससीमार्फत लगानीकर्तालाई पुश नोटिफिकेसनमार्फत विभिन्न महत्वपूर्ण धितोपत्रसम्बन्धी जानकारी पठाउने व्यवस्था गर्न निर्देशन दिएको हो। यसअन्तर्गत आईपीओ निष्कासनको सूचना तथा आईपीओ आवेदनसम्बन्धी जानकारी लगानीकर्ताको मोबाइलमा तत्काल पठाउनुपर्नेछ।

Lagani Shiksha gif
sharehubapk अब आईपीओको सूचना मोबाइलमै, सेबोनले सीडीएससीलाई दियो यस्तो निर्देशन

यससँगै बोनस तथा हकप्रद शेयर निष्कासन, लाभांश वितरण, कारोबार फर्छ्यौट, डिम्याट खाताबाट शेयर कट्टा तथा शेयर लक–इनसम्बन्धी जानकारी पनि पुश नोटिफिकेसनमार्फत उपलब्ध गराउने व्यवस्था गर्न बोर्डले भनेको छ। यसले लगानीकर्तालाई आफ्नो धितोपत्रसँग सम्बन्धित महत्वपूर्ण गतिविधिको जानकारी समयमै प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।

पूँजी बजारको कारोबारलाई थप व्यवस्थित, प्रभावकारी तथा विश्वसनीय बनाउने उद्देश्यले सेबोनले सिडिएससीलाई यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो। प्रणाली लागू भएपछि आईपीओ खुलेको सूचना छुट्ने जोखिम कम हुनुका साथै लगानीकर्ताले धितोपत्रसम्बन्धी महत्वपूर्ण जानकारी मोबाइलबाटै तत्काल प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस