×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्कासन गर्दै वाटर इनर्जी



सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासनको तयारी गरिरहेको वाटर इनर्जी सोलुसन लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा यही भदौ २६ गते आयोजना गर्ने भएको छ। यसअघि २०८२ पुस २७ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित भइसकेको छ।

कम्पनीको सञ्चालक समितिको भदौ ३ गते बसेको बैठकले कौशलटारस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो। यस सभामा गत आर्थिक वर्ष ०८२/८३ को वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू पारित गरिनेछ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी निर्णय लिइनेछ। यसबाहेक, आईपीओ निष्कासन प्रक्रियालाई अगाडि बढाउन आवश्यक सम्पूर्ण कार्यहरूको जिम्मेवारी सञ्चालक समितिलाई सुम्पिने प्रस्तावमाथि पनि छलफल हुनेछ।

Lagani Shiksha gif
sharehubapk आईपीओ निष्कासन गर्दै वाटर इनर्जी

हाल वाटर इनर्जी सोलुसन लिमिटेडले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अपर देउमाई खाला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। कम्पनीको अनुमानअनुसार यस आयोजनाको कुल लागत १ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी लाग्नेछ।

कम्पनीले आगामी असार ३१ गतेभित्र यस आयोजनाबाट व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ। हालसम्म आयोजनाको निर्माण कार्य ८५.६३ प्रतिशत सम्पन्न भइसकेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस