नेपालको अग्रणी निर्जीवन लघु बीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो सङ्गठन विस्तार गर्ने क्रममा विभिन्न तहका पदहरूमा कर्मचारीको माग गरेको छ। कम्पनीले आफ्नो केन्द्रीय कार्यालय भरतपुर, चितवनका साथै काठमाडौं र देशभरका प्रादेशिक कार्यालयहरूका लागि योग्य, गतिशील र नतिजामुखी नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको छ।
यस अवसरमा कम्पनीले मुख्य मार्केटिङ अधिकृत (सीएमओ) र मुख्य वित्तीय अधिकृत (सीएफओ) पदमा एक-एक जना, प्रदेश प्रमुख (मार्केटिङ) पदमा पाँच जना, मार्केटिङ स्टाफ (सहायकदेखि अधिकृत तहसम्म) र आईटी विभागमा एक जना सहायक पदका लागि आवेदन मागेको छ।
आवश्यक शैक्षिक योग्यताका साथै बीमा, बैंकिङ वा वित्तीय क्षेत्रमा अनुभव भएका उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ। यद्यपि, मार्केटिङ स्टाफ पदका लागि हालै स्नातक तह उत्तीर्ण गरेका युवाहरूले पनि आवेदन दिन सक्नेछन्। आवेदकहरूमा नेपाली र अंग्रेजी दुवै भाषामा उत्कृष्ट सञ्चार क्षमता, नेतृत्व गुण, टोलीमा काम गर्ने दक्षता र कम्प्युटरको राम्रो ज्ञान हुनुपर्नेछ।
इच्छुक तथा योग्य उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो विस्तृत बायोडाटा (सीभी), कभर लेटर, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र अन्य आवश्यक कागजातहरू कम्पनीको आधिकारिक इमेल ठेगाना [email protected] मा पठाउनुपर्नेछ। प्राप्त आवेदनहरूमध्येबाट छनोट प्रक्रियाका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई मात्र सम्पर्क गरिने कम्पनीले जनाएको छ।















