×
Lagani
Lagani Shiksha gif
कुमारी बैंकको ३ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा, विद्यमान सेयरधनीलाई पहिलो प्राथमिकता



कुमारी बैंक लिमिटेडले आफ्नो ३ लाख २० हजार ९४८ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुलाएको छ। बैंकले यो सेयर हालका संस्थापक सेयरधनीहरूको नाममा रहेको र उनीहरूलाई नै बिक्री गर्न लागेको हो।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार, संस्थापक सेयर बिक्री गर्दा सर्वप्रथम विद्यमान संस्थापक सेयरधनीहरूलाई नै खरिद गर्ने अवसर दिनुपर्ने व्यवस्था छ। यसै प्रावधानलाई आधार मानेर, बैंकका हालका संस्थापक सेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

Lagani Shiksha gif
sharehubapk कुमारी बैंकको ३ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा, विद्यमान सेयरधनीलाई पहिलो प्राथमिकता

इच्छुक संस्थापक सेयरधनीहरूले काठमाडौंको नक्सालमा अवस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा गई आवश्यक आवेदन प्रक्रिया पूरा गर्न सक्नेछन्।

बैंकले जनाएअनुसार, यस संस्थापक सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ। यदि तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट पर्याप्त आवेदन नपरेमा, सेयर बिक्रीसम्बन्धी बाँकी प्रक्रिया राष्ट्र बैंकको नियमानुसार अघि बढाइनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस