×
Lagani
Lagani Shiksha gif
सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात पुस १ गते बुकक्लोज गर्दै छ । यसर्थ, बुधबारसम्म नेप्सेमा कारोबार भई नेप्सेमा कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

Lagani Shiksha gif
sharehubapk सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न १० पुसमा सातौँ वार्षिक साधारणसभा बोलाएको छ। लघुवित्तले बगान फेमिली रेष्टुराँ एण्ड लाउन्ज बार, इटहरी, सुनसरीमा बिहान ९ बजेका लागि सभा आह्वान गरेको हो ।

सभामा हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस