×
Lagani
Lagani Shiksha gif
कलङ्गा हाइड्रोको आईपीओ बाँडफाँट हुदै , कसरि हेर्ने नतिजा ?



प्राथमिक शेयर (आईपीओ) भर्ने लाखौं लगानीकर्ताको प्रतीक्षा आज सकिने भएको छ।

कलङ्गा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट आज हुने तयारी गरिएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलले बाँडफाँट प्रक्रिया सम्पन्न गरेसँगै नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ। कम्पनीले सर्वसाधारणका लागि २८ लाख ७० हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी गरिएको उक्त आईपीओमा लगानीकर्ताको अत्यधिक आकर्षण देखिएको थियो।

Lagani Shiksha gif

सीडीएससीको तथ्यांकअनुसार आईपीओ बन्द हुँदासम्म २५ लाख ७४ हजार ७४२ जनाले आवेदन दिएका थिए। ती आवेदनकर्ताले कुल २८ करोड १५ लाखभन्दा बढी कित्ताका लागि आवेदन दिएका थिए, जुन उपलब्ध शेयरको तुलनामा करिब ९.८ गुणा बढी हो।

यस आधारमा गोलाप्रथामार्फत अधिकतम २ लाख ८७ हजार जना आवेदनकर्ताले मात्र १०–१० कित्ता शेयर प्राप्त गर्ने सम्भावना देखिएको छ। बाँकी करिब २२ लाखभन्दा बढी आवेदनकर्ता भने यसपटक पनि खाली हात फर्किनुपर्ने अवस्था रहेको अनुमान गरिएको छ।

कलङ्गा हाइड्रोको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ। कम्पनीले कुल पुँजीको ३५ प्रतिशत अर्थात् ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ। यसअघि आयोजना प्रभावित बझाङका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट भइसकेको छ भने अहिले सर्वसाधारणतर्फको आईपीओ बाँडफाँट हुन लागेको हो।

सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा रहेको कलङ्गा गाड जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले करिब १५ मेगावाट क्षमताको आयोजना निर्माण गरी उत्पादन गरिरहेको छ।

बाँडफाँट सम्पन्न भएपछि लगानीकर्ताले सीडीएससीको आईपीओ रिजल्ट पोर्टल, मेरो शेयर तथा सानिमा क्यापिटलको वेबसाइटमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्। शेयर बजारमा सक्रिय लगानीकर्ताहरूको ध्यान अहिले कलङ्गा हाइड्रोको नतिजातर्फ केन्द्रित भएको छ। अत्यधिक आवेदनका कारण शेयर पाउने सम्भावना करिब ११ प्रतिशत हाराहारीमा मात्र रहेकाले धेरै लगानीकर्ताले आजको बाँडफाँटलाई चासोपूर्वक हेरिरहेका छन्।

नतिजा सार्वजनिक भएलगत्तै लगानीकर्ताले आफ्नो बीओआईडी नम्बर प्रयोग गरेर अनलाइनमार्फत शेयर परेको वा नपरेको अवस्था जाँच गर्न सक्नेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस