×
Lagani
Lagani Shiksha gif
सर्वसाधारणका लागि तीन कम्पनीको आईपियो निष्कासन हुदै।



सर्वसाधारणलाई धितोपत्र (आईपीओ) जारी गर्नका लागि तीन ओटा कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दर्ता गराएका छन् । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेड, भगवती स्टिल इन्डस्ट्रिज लिमिटेड र एशियन कन्क्रिटो लिमिटेडले नियामक निकाय सेबोनमा आईपीओ निष्कासनको स्वीकृति माग्दै प्रक्रिया अघि बढाएका हुन् ।

यस सम्बन्धमा, डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले कुल १६ लाख २० हजार कित्ता बराबरको साधारण सेयर सर्वसाधारणमा बाँड्नका लागि निवेदन पेश गरेको छ । त्यसैगरी, एशियन कन्क्रिटो लिमिटेडले १० लाख ६२ हजार ५ सय कित्ता साधारण सेयर निष्कासनको प्रस्ताव सहित आवेदन दिएको छ ।

Lagani Shiksha gif

अर्कोतर्फ, भगवती स्टिल इन्डस्ट्रिज लिमिटेडले भने प्रिमियम मूल्यमा १५ लाख कित्ता सेयर निष्कासन गर्नका लागि सेबोनमा आवेदन पेश गरेको छ । कम्पनीले प्रति कित्ता २ सय ३३ रुपैयाँ (प्रिमियम मूल्य सहित) मा सेयर जारी गर्ने जनाएको छ । यी कम्पनीहरूको आवेदनमाथि सेबोनले आवश्यक नियमनकारी प्रक्रिया पूरा गरेपश्चात् मात्रै सर्वसाधारणले यी कम्पनीका सेयरमा लगानीको अवसर पाउनेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस