×
Lagani
Lagani Shiksha gif
भोलिदेखि खुल्दै सबैले आवेदन दिन मिल्ने आईपियो , कति दिने आवेदन ?



याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले भोलि वैशाख १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यसअघि आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले अब आम नागरिकलाई लगानीको अवसर दिन लागेको हो।

कम्पनीले कुल ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये ७ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको थियो, जुन यसअघि नै बाँडफाँट भइसकेको छ। साथै, सामूहिक लगानी कोषका लागि १ लाख ५ हजार कित्ता र कम्पनीका कर्मचारीहरुका लागि ४२ हजार कित्ता शेयर पनि बाँडफाँट गरिएको छ।

Lagani Shiksha gif

अब दोस्रो चरणमा, कम्पनीले १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि जारी गर्न लागेको हो। यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम २१ हजार कित्तासम्म आवेदन गर्न पाइनेछ। शेयर निष्काशन प्रक्रिया वैशाख २२ गते बन्द हुनेछ। यस निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हाल्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस