×
Lagani
Lagani Shiksha gif
एपोलो हाइड्रोपावरको आईपियो बाँडफाँड सम्पन्न , कसरि हेर्ने नतिजा ?



एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँड आज सम्पन्न भएको छ।

बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले आज बिहान बाँडफाँड प्रक्रिया पूरा गरेको जनाएको छ। कम्पनीले चैत २६ गतेदेखि सर्वसाधारणका लागि प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ लाख ८० हजार २०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो। उक्त आईपीओमा ठूलो संख्यामा आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँड गरिएको हो।

Lagani Shiksha gif

बिक्री प्रबन्धकका अनुसार ७८ हजार २० जना आवेदकले १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने बाँकी लगानीकर्ताहरू हात खाली भएका छन्।

यसअघि कम्पनीले जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये केही हिस्सा आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरूलाई बाँडफाँट गरिसकेको थियो भने बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो।

आईपीओको नतिजा हेर्नका लागि सीडीएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइटमा गई सम्बन्धित कम्पनी छनोट गरेर आफ्नो १६ अङ्कको बीओआईडी नम्बर प्रविष्ट गर्न सकिनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस