महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले निस्कासन गरेको आइपिओ बाँडफाँड यसै साता हुने भएकाे छ ।बुधबारसम्म प्रि– अलोतमेन्टको काम सम्पन्न गर्ने बिक्रि प्रबन्धको तयारि रहेको छ। निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी रहेको छ। हाल संस्थाकाे आइपीओकाे डाटा भेरिभाईको काम भइरहेर काम सकिए लगत्तै प्रि– अलोटमेन्ट हुने छ ।
गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा लगभग ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पार्नेछन् भने बाँकी आवेदकहरूकाे हात खाली हुनेछ ।
कम्पनीको आइपिओमा १५ लाख १९ हजार १ सय २८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन परेको थियो । याे सर्वसाधारणको लागि माग गरिएकाे भन्दा ६२.४९ गुणा बढी हाे । माग भन्दा ६२.४९ गुणा धेरै आवेदन परेकाे हुनाले शेयर पर्न भाग्यमै भर पर्न पर्छ ।















