×
Lagani
Lagani Shiksha gif
भुजुङ्ग हाइड्रोपावरको कारोबारमा उत्साहजनक सुरुवात



नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज आइतबारबाट सूचीकृत भएको भुजुङ्ग हाइड्रोपावर लिमिटेडको सेयर कारोबारले लगानीकर्तामा उत्साह थपेको छ।

कम्पनीको प्रारम्भिक कारोबारमा नै मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेप्सेको स्पेसल प्रि-ओपन सेसनमार्फत प्रतिकित्ता २७०.१० रुपैयाँमा पहिलो कारोबार सुरु भएको यस हाइड्रोपावरको सेयर मूल्य, कारोबार सुरु भएको केही घण्टाभित्रै २९७.१० रुपैयाँमा पुगेको छ। यो मूल्यमा सकारात्मक सर्किट लागेको हो।

Lagani Shiksha gif
sharehubapk भुजुङ्ग हाइड्रोपावरको कारोबारमा उत्साहजनक सुरुवात

गत बिहीबार नेप्सेमा १ करोड कित्ता सेयर सूचीकृत भएको भुजुङ्ग हाइड्रोपावरका लागि नेप्सेले प्रारम्भिक कारोबारका लागि ९० रुपैयाँदेखि २७०.१२ रुपैयाँसम्मको मूल्य सीमा (रेन्ज) निर्धारण गरेको थियो। तोकिएको सोही मूल्य सीमाभित्र पहिलो कारोबार २७०.१० रुपैयाँमा सम्पन्न भएको थियो।

सूचीकरणको पहिलो दिनमै मूल्यमा आएको यो वृद्धिले लगानीकर्ताहरूमा भुजुङ्ग हाइड्रोपावरको भविष्यप्रतिको सकारात्मक अपेक्षालाई सङ्केत गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस