×
Lagani
Lagani Shiksha gif
सबैको लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज



सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीबार रहेको छ ।

लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि शुक्रबार बुकक्लोज गर्दै छ । यसअनुसार बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले संस्थाको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

Lagani Shiksha gif
sharehubapk सबैको लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न ३ पुसमा पाँचौं साधारणसभा आह्वान गरेको छ । सभा बन्दिपुर माउन्टेन रिसोर्ट बन्दिपुरमा बिहान ११ बजे सुरू हुनेछ।

सभामा लघुवित्तले हाल कायम चुक्ता पुँजीको ३१ दशमलव ०५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको निर्वाचन गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस