×
सबैको लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज



सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीबार रहेको छ ।

लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि शुक्रबार बुकक्लोज गर्दै छ । यसअनुसार बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले संस्थाको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न ३ पुसमा पाँचौं साधारणसभा आह्वान गरेको छ । सभा बन्दिपुर माउन्टेन रिसोर्ट बन्दिपुरमा बिहान ११ बजे सुरू हुनेछ।

सभामा लघुवित्तले हाल कायम चुक्ता पुँजीको ३१ दशमलव ०५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको निर्वाचन गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस