×
आरएमडीसीले घोषणा गर्‍याे २५ प्रतिशत लाभांश



आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

आरएमडीसीले १५ मंसिरमा बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित पाँच प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन् । हाल लघुवित्तको चुक्ता पुँजी एक अर्ब तीन करोड ४२ लाख २१ हजार ९३९ रुपैयाँ रहेको छ । सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी एक अर्ब २४ करोड १० लाख ६६ हजार ३२६ रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस